फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशका कतिपय सञ्चार माध्यमद्वारा चीनका दुई अधिवेशनमाथि ध्यानाकर्षण

(GMT+08:00) 2010-03-05 16:31:58

          चीनको जन राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन तथा एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशन सुरु भएदेखि यता बेल्जियम, अस्ट्रिया, जर्मनी, स्पेन, पोर्चुगल, इटली तथा ब्राजिललगायत विदेशी कतिपय सञ्चार माध्यमहरुले यसमाथि ध्यान दिएर सम्बन्धित रिपोर्टिङ गरेका छन्।

          बेल्जियमको डच भाषामा छापिने "दे मोर्गन" समाचार-पत्रले पहिलो समयमा चीनका प्रधानमन्त्री वन च्या पाउले एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशनमा पेश गर्नुभएको सरकारी कार्य प्रतिवेदनबारे विवरण दिएको छ।

          त्यसका अतिरिक्त, स्पेनको "एल पाइस" समाचार-पत्र तथा इटलीको आगेनजिया आन्सा समाचार समितिले चीनका दुई अधिवेशनको रिपोर्टिङ गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह