फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारको कार्य प्रतिवेदनमाथि विदेशी सञ्चारमाध्यमद्बारा नजर

(GMT+08:00) 2010-03-05 20:42:27

              चिनियाँ एघारौं राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशन आज विहान शुरु भएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य प्रतिवेदन पेश गर्नुभयो। विदेशी सञ्चारमाध्यमले उक्त सरकारी कार्य प्रतिवेदनमा उल्लेखित आर्थिक नीतिबारे व्यापक रुपमा रिपोर्टिङ गरेका छन्। चीनले सकारात्मक आर्थिक नीति तथा उचित खुकुलो मुद्रा नीति एवम् चिनियाँ मुद्राको विनिमय दरलाई स्थिर पार्ने नीति लागु गर्दै जाने विषयले विदेशी स‌चारमाध्यमलाई विशेष गरी आकर्षित गराएको देखिन्छ।

            अमेरिकी ए.पी.ले आफ्नो रिपोर्टमा बाह्य दबावमा चीनले चालुवर्ष चिनियाँ मुद्राको विनिमय दरलाई आधारभूत रुपमा स्थिर पार्ने जनाइएको छ।

          रोएटर्सले सरकारी कार्य प्रतिवेदनबाट चीनको अर्थतन्त्रको द्रूत बृद्धि हुने सङ्केत दिएको बताएको छ। यसका साथै चीन सरकारले मुद्रास्फिति तथा ऋणको नियन्त्रणमा ध्यान दिने कुरा पनि जनाइएको छ।

           यसका अतिरिक्त, बितेका दिनहरुमा विदेशी सञ्चारमाध्यमले दुइवटा अधिवेशनमा आर्थिक बृद्धिको तरिकाको परिवर्तन, शहरी तथा ग्रामीण क्षेत्रबीचको अन्तरको घटावालगायतका विषय सूचीमा पनि ध्यान दिँदै आएका छन्।

           जापानको टोकियो सिन्मबुनले एक लेख प्रकाशित गर्दै चीनको लगानी मुख्य स्थानमा रहेबाट भित्री माग मुख्य स्थानमा पर्ने आर्थिक बृद्धिको तरिकासम्म परिवर्तन गर्न खोज्दै गरेको जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह