फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिलाहरुलाई राज्य मामिलामा हात हाल्न र यसबारे छलफल गर्न हौसला दिनुपर्नेः छन च ली

(GMT+08:00) 2010-03-06 17:06:49

          मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष एवम् राष्ट्रिय महिला संघकी अध्यक्ष श्रीमती छन च लीले महिलाहरुले राज्य मामिलामा हात हाल्न र यस बारे छलफल गर्न हौसला दिने दिशामा राष्ट्रिय महिला संघले अरु बढी रुपमा सक्रिय भूमिका खेल्ने भएको कुरा व्यक्त गर्नुभयो।

          उहाँले छ तारिखका दिन पैचिंगमा आयोजित चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको अधिवेशनअन्तर्गत महिला संघको बैठकमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

          अध्यक्ष छनका अनुसार राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरुमध्ये महिला प्रतिनिधिको सङ्ख्याले बीस प्रतिशतभन्दा बढी ठाउँ लिएको छ र जन राजनीतिक परामर्शदातृ सम्मेलनका प्रतिनिधिहरुमा पनि महिला प्रतिनिधिहरुको सङ्ख्याले सत्र प्रतिशत मात्र ठाउँ लिएको छ। महिला संघले आधारभूत निकायका महिलाहरुलाई राज्य मामिलामा हात हाल्न हौसला दिने काम सुरु गरिसकेको छ।

            यसका साथै राष्ट्रिय महिला संघले उच्चस्तरीय महिला कर्मठ व्यक्तिहरु हुर्कने बढ्ने स्थितिको अध्ययन गर्ने र नीतिबाटै प्रोत्साहन दिने परियोजना लागु गर्न थालेको बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह