फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वदेशी आवश्यकतालाई बढाउने र अर्थतन्त्रलाई तेज पार्ने चीनको योजनाबाट सारा विश्व लाभान्वित

(GMT+08:00) 2010-03-06 13:07:36

          चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसका प्रतिनिधि एवम चिनियाँ वाणिज्य मन्त्री छन त मिंगले गतवर्ष चीनले स्वदेशी र विदेशी आवश्यकतालाई बढाउने र उपभोगलाई तेज पार्नेसम्बन्धी जुन योजना लागु गरेको छ त्यसले विश्व अर्थतन्त्रको पुनःरुत्थानका लागि प्रेरक भूमिका निर्वाह गरेको छ साथै यस योजनाबाट चीनमा लगानी गर्ने विभिन्न खालका उद्योग व्यवसायहरु पनि लाभान्वित भएका छन् भन्नुभयो।

          उहाँले छ तारिखका दिन पैचिंगमा राष्ट्रिय जन काङ्ग्रेसको एघारौं केन्द्रीय समितिको तेश्रो अधिवेशनबाट आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

       वाणिज्य मन्त्री छनले गतवर्ष चीनको अर्थतन्त्रलाई अगाडि बढाएको मुख्य शक्ति नै स्वदेशी उपभोग भएको कुरा व्यक्त गर्नुभयो।

          सारा विश्वभरिको अनिश्चित र अस्थिर परिस्थितिबाट हेर्दा विश्वको उपभोग्य बजार र चीनको निकासी व्यवसायतर्फ पूराका पूरै साबिक ठाउँमा फर्कन अझै केही समय लाग्ने विचार पनि वाणिज्य मन्त्री छन त मिंगले प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह