फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थमन्त्रीद्बारा चालुवर्ष सक्रिय आर्थिक नीति लागु हुने क्रम जारीरहने कुरा व्यक्त

(GMT+08:00) 2010-03-06 18:40:50

             चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसका प्रतिनिधि एवम् अर्थमन्त्री शे श्यू रनले चालुवर्ष निरन्तर रुपमा सक्रिय आर्थिक नीति लागु गर्दै जाने र पाँचविषयमा झन महत्वपूर्ण ध्यान पुर्‍याउनुपर्ने विचार व्यक्त गर्नुभयो।

               उहाँले छ तारिख बिहान चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको एघारौँ स्थायी समितिको तेस्रो अधिवेशनबाट आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

          उपरोक्त पाँच विषयमा झन महत्वपूर्ण ध्यान पुर्‍याउने कुरा यस प्रकार छन्- यसवर्ष आर्थिक बनौटलाई पुनः मिलाउने, स्वदेशी आवश्यकतालाई विस्तार गर्ने, जनताको जीवनलाई सुनिश्चितता तुल्याउने र सुधार गर्ने, वित्तीय कर परिपाटीको सुधारलाई अरु बढी गहन पार्ने र वैज्ञानिक र सूक्ष्म तरिकाबाट आर्थिक व्यवस्थापनलाई अरु बढी रुपमा मजबूत पार्ने कुरा हुन्।

                चालुवर्ष सक्रिय आर्थिक नीतिले खास गरी शहरबासीहरुको आम्दानी बढाउने कुराबाट मुख्यतः अभिव्यक्त गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह