फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु चिन थाउलगायत चीनका नेताहरुद्वारा आर्थिक विकासको तरिकाको परिवर्तनबारे चर्चा

(GMT+08:00) 2010-03-06 10:43:30

          चीनका प्रधानमन्त्री वन च्या पाउले हिजो विहान पेश गर्नुभएको सरकारी कार्य प्रतिबेदनमा आर्थिक विकासको तरिकाको परिवर्तनलाई गतिशील तुल्याउनु नै सन् 2010मा चीन सरकारका मुख्य जिम्मेवारीमध्येको एक बनेको छ। प्रधानमन्त्री वन च्या पाउले चिनियाँ उखान"ढिला गर्न मिल्दैन"भन्ने मार्फत आर्थिक विकासको तरिकाको परिवर्तनको महत्वबारे बयान गर्नुभयो।

          हिजै दिउँसो चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ को तथा चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारका नेताहरुले आफ्नो प्रतिनिधि मण्डलमा भएको छलफलमा भाग लिनुभयो। उहाँहरुले चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसका अरु प्रतिनिधिहरुसँग चिनियाँ मामिलाबारे छलफल गर्नुका साथै आर्थिक विकासको तरिकाको परिवर्तनबारे आफ्नो विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह