फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अधिवेशन सफलताको शुभकामना

(GMT+08:00) 2010-03-06 18:50:37

             चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन र चिनियाँ राष्ट्रिय जन प्रतिनिधि सभाको दुई अधिवेशनको सफलताको शुभ कामना नेपाली विभागलाई पठाउनुभएको छ।

             गत वर्ष विश्वका मुलुकहरुसामु वैङ्किग संकट देखा परेको थियो। चीनले विश्वका अन्य मुलुकहरुभन्दा यस वैङ्किग संकटलाई छिट्टै विफल पारेको देखिएको छ। चीनले विश्व रंगमञ्चमा विश्व शान्तिका लागि गरिरहेको पहल, चिनियाँ विशेषतायुक्त समाजवादको प्रभावबाट छोटो समयमै हासिल गरेको उच्चतम आर्थिक बृद्धिदर, सामाजिक तथा प्राविधिक उपलब्धिका कारण सिंगो विश्वको ध्यान चीनमा गइरहेको परिपेक्षामा यी दुईवटा अधिवेशनले समस्त चिनियाँ जनताका लागि सुनौलो भविष्य र सम्पन्न चिनियाँ समाजको निर्माण गर्ने दिशामा कोशे ढुंङ्गा सावित होउन, चीनले आर्थिक, सामाजिक तथा प्राविधिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्तिको लागि समय सापेक्ष योजना, नीति तथा रणनीति तर्जुमा गर्दै सफलताको शिखर चुम्न सफल होओस, चिनियाँ जनताले झन सुखमय जीवन विताउन पाउन यहि नै मेरो हार्दिक मंगलमय शुभकामना छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह