फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानका सञ्चार माध्यमद्बारा वस्तुगत रुपमा सरकारी प्रतिवेदन प्रकाशित

(GMT+08:00) 2010-03-06 16:51:27

          चिनियाँ प्रधानमन्त्री वन च्या पाउले पाँच तारिखका दिन एघारौं राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशनमा सरकारी प्रतिवेदन पेश गर्नुभएको छ। पाकिस्तानी संयुक्त समाचार समितिले सोही दिन "चीनले जीन फेर्ने प्रविधिद्बारा नयाँ जैविक जात हुर्काउनेछ" भन्ने शीर्षकमा विशेष गरी कृषि विज्ञान प्रविधि, बैंकिङ सङ्कटको सामना, शाङहाई विश्व एक्स्पो र राष्ट्रिय प्रतिरक्षाको निर्माण गरी चार क्षेत्रबाट प्रधानमन्त्री वन च्या पाउको कार्य सरकारी प्रतिवेदनको बारेमा वस्तुगत रुपमा एक लेख छापेको छ।

           सो लेखमा प्रधानमन्त्री वनले आफ्नो सरकारी प्रतिवेदनमा सन् 2010 को मुख्य कार्यभारहरुमध्येको एक कृषि तथ विज्ञान प्रविधिको नवीकरण गर्ने र त्यसलाई बढाउने फिँजाउने कार्यमा गति ल्याउनु हो भनिएको छ।

          यसवर्ष अन्तर्राष्ट्रिय बैंकिङ सङ्कटको निरन्तर रुपमा सामना गर्नुपर्ने, अर्थतन्त्रको स्थिर र छिटो विकास क्रमलाई कायम राखिरहने र आर्थिक विकासको पद्धतिलाई परिवर्तन गर्ने गति थपिने मुख्य वर्ष हुने कुरा प्रधानमन्त्री वनले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह