फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र पाकिस्तानी सेनाले आगामी ग्रीष्म ऋतुमा आतङ्कवादप्रतिरोधी संयुक्त तालिमको आयोजना गर्ने

(GMT+08:00) 2010-03-06 11:52:16

           चीन र पाकिस्तान दुई मुलुकका सेनाले मैत्रीपूर्ण छलफलमार्फत आगामी ग्रीष्म ऋतुमा चीनमा "मित्रता-2010" नामक आतङ्कवादप्रतिरोधी संयुक्त तालिमको आयोजना गर्न निर्णय गरेका छन्।

           चिनियाँ रक्षा मन्त्रालयबाट प्राप्त समाचारअनुसार, चीन र पाकिस्तान दुई पक्षले यस पटकको संयुक्त तालिमको मुख्य विषय आतङ्कवादप्रतिरोध हो। त्यसले कुनै पनि तेस्रो पक्षलाई लक्षित पार्ने छैन। यस पटकको संयुक्त तालिममार्फत चीन र पाकिस्तानका सेनाबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्ध अरु गहन पार्नसक्ने, आतङ्कवादी त्रास-धम्की तथा क्षेत्रीय सुरक्षा र शान्तिको संरक्षण गर्ने क्षमतालाई संयुक्त रुपमा उकास्न सक्ने आशा दुवै पक्षले व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह