फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शहरबासीहरुको आमदानी बढाउने चीनको दृढता

(GMT+08:00) 2010-03-06 14:01:21

         चिनियाँ राष्ट्रिय विकास र सुधार आयोगका प्रमुख चाँग फिंगले हाल राष्ट्रिय आम्दानीको वितरणतर्फ अझै पनि अनुचित स्थिति देखिएको भन्दै सरकारले यसवर्ष यस्तो स्थितिमा परिवर्तन ल्याउने अनेकन पाइलाहरु चाल्ने कुरा बताउनुभयो।

         उहाँले छ तारिखका दिन एघारौं राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनबाट आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

         अर्थमन्त्री चाँगले अगाडि भन्नुभयो- हाल राष्ट्रिय आम्दानीको वितरणमा देखापरेको अनुचितता यसप्रकार छन-शहरबासीको आम्दानीले राष्ट्रिय आम्दानीको वितरणमा लिएको अनुपात कम रहेको र तलबले प्रारम्भिक वितरणमा लिएको अनुपात कम रहेको छ अनि शहरबासीहरुमध्ये फरक सामाजिक समूहबीच आम्दानीमा ठूलो अन्तर रहेको छ। यी सबै कुराबाट उपभोग र लगानीबीचको असन्तुलित सम्बन्ध उत्पन्न भएको छ साथै सामाजिक मेलमिलाप र स्थिरतामा असर पनि परेको छ।

            अबउप्रान्त आर्थिक विकासका क्रममा आमदानीको वितरणलाई समष्टिगत रुपमा तारतम्य मिलाउने काम गर्नुपर्ने विचार पनि उहाँले प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह