फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु चिन थाउ तिब्बती प्रतिनिधि मण्डलको छलफलमा संलग्न

(GMT+08:00) 2010-03-06 20:31:54

          चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष हु चिन थाउले आज बिहान चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनको तिब्बती प्रतिनिधि मण्डलको छलफलमा संलग्न हुनुभयो।

        श्री हु चिन थाउका अनुसार, तिब्बती कार्यसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको पाँचौं कार्य सम्मेलनले तिब्बतका विभिन्न कार्यको विकासका लागि अघि बढ्ने दिशा स्पष्ट पारेको छ। अहिले त्यसलाई धुमधामसँग व्यवहारमा उतार्नुपर्छ। चिनियाँ विशेषतायुक्त तथा तिब्बती विशेषतायुक्त विकासको बाटोमा अडिग हुनुपर्छ। विकास तथा स्थिरता दुई ठूला कुरा समातेर तिब्बतको फड्कोमार्ने विकास तथा स्थायी स्थिरतालाई जोडतोडसँग अघि बढाउनुपर्छ। नागरिकको जीवनयापन कार्यको सुधारलाई अघि बढाउनुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह