फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2010 मा चीनले चौतर्फीरुपमा कुटनीतिलाई सुदृढ गर्ने चीनका परराष्ट्रमन्त्री

(GMT+08:00) 2010-03-07 14:02:09

                                   

                  चीनका परराष्ट्रमन्त्री याङ्ग चे छले आज सन् 2010 मा चीनले चौतर्फीरुपमा कुटनीतिलाई सुदृढ गर्नुका साथै देशको स्थिरता, विकास र आर्थिक बनौटको परिवर्तनका लागि अझ राम्रो कुटनैतिक वातावरणको निर्माण गर्ने कुरा व्यक्त गर्नुभयो।

                  एघारौं राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनका वारेमा कुटनैतिक बिषयमा जानकारी दिन पैचिङ्गमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो।

                 

                     उहाँले भन्नुभयो, चीन एउटा विकासोन्मुख मुलुक हो, चीनको विकासका लागि ठूलो मौका रहेको छ र ठूलो चुनौती पनि, चीनको अर्थतन्त्रको विकास हुदा देशको शक्तिको पनि ठूलो वद्धि हुनेछ, त्यसैले चीनले सक्दो प्रयास गरि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि योग्दान दिनेछ।

                    यसबाहेक परराष्ट्रमन्त्री याङ्गले विश्व समूदायले बढी ध्यान दिने केही अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याबारे चीनको अडान स्पष्ट पार्नुभयो।

                    विश्व बैंकिङ्ग संकटबारे आफ्नो दृष्टिकोण व्यक्त गर्दै श्री याङ्गले बीस मुलुक समूहको व्यवस्थाले विश्व बैंकिङ्ग संकटको प्रतिरोधमा ठूलो भूमिका खेलेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह