फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक सहयोग सुदृढ गर्नु विश्वका लागि हितकर रहेको चीनका परराष्ट्रमन्त्री

(GMT+08:00) 2010-03-07 12:40:56

             

             चीनका परराष्ट्रमन्त्री याङ्ग चे छले आज पैचिङ्गमा "चीन, रुस, ब्राजिल र भारत समूह"अर्थात "ब्रिक" सहयोगलाई सबल पार्दा विश्वका लागि पनि हितकर हुने कुरा व्यक्त गर्नुभएको हाम्रा रेडियो सम्बाददाताले जनाएका छन्।

              आज पैचिङ्गमा एघारौं राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री याङ्गले ब्रिकका चार मुलुकबीच धेरै भिन्नता भएपनि अर्थतन्त्रको विकास स्तर र ठूलो अन्तर्राष्ट्रिय समस्याको समाधानमा नजिकको अडान लिएको बताउनुभयो।

              उहाँले अगाडी भन्नुभयो, दिनप्रतिदिन बृद्धि हुँदै आएको अन्तर्राष्ट्रिय चुनौतीको समाधान गर्नका लागि ब्रिकका चार मुलुकले सहयोगलाई सबल गर्ने क्रममा व्यवहारिक र खुला तवरबाट आपसी सहयोग एवम् विश्वका अरु मुलुकबीचको सहयोगलाई सबल पार्नु विश्वका लागि पनि फाइदा रहेको धारणा व्यक्त गर्नुभयो।

               परराष्ट्रमन्त्री याङ्गले अप्रिल महिनामा ब्राजिलमा आयोजना हुने ब्रिकका दोस्रो नेताहरुबीचको औपचारिक भेट-वार्ता सफल हुने आशा पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह