फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुईवटा अधिवेशनबारे नेपाली श्रोताको शुभकामना

(GMT+08:00) 2010-03-08 18:06:14
       पैचिङ्गमा हाल भइरहेका दुईवटा अधिवेशनको सफलताको कामना गर्दै सि.आर.आई. रेडियो श्रोता क्लबका अध्यक्ष बुद्धि प्रसाद अधिकारीले नेपाली सेवालाई हार्दिक शुभकामना पठाउनुभएको छ।

       उहाँले आफ्नो शुभकामना पत्रमा भन्नुभएको छः यस पटकको वार्षिक अधिवेशनले चीनको प्रशासनिक सुधार योजनालाई स्वीकृति गर्नुका साथै चीनको दुई दशकयता जारी आर्थिक नीतिमा व्यापक फड्को मार्ने आशा गरिएको छ, जसबाट चीनको आर्थिक बृद्धिदर सकारात्मक दिशातर्फ अगाडि बढ्ने विश्वास मैले गरेको छु

            विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भएर पनि चीनले जसरी दिन दुईगुणा रात चारगुनाको दरले विकास गरिरहेको छ, यसको अनुकरण गर्न अरु देशहरु पनि लालायित भएको देखिएको छ उहाँले भन्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह