फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा विविध सैनिक क्षमतायुक्त नौ सेनाको निर्माण

(GMT+08:00) 2010-03-08 16:08:55

         चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि एबं पूर्वी समुद्रको सैनिक जहाज टोलीका उप-कमाण्डर चांग व्हा छनले आज पैचिङ्गमा बोल्दै सोमाली आदि समुद्री क्षेत्रमा आवश्यक समुद्री यात्राको सुरक्षाका लागि चीनको नौ सेनाले आफ्नो प्रबन्धको विकास, पद्धतिको निर्माण, अभ्यासको तरिका र प्रत्याभूतिको उपाय आदि बिषयबारे नयाँ मांग प्रस्तुत गरेको कुरा औंल्याउनुभएको छ। उहाँका अनुसार भविष्यमा चीनले ठूलो प्रकोपको उद्धार र समुद्री डाँकाको प्रहार गर्ने आदि विविध सैनिक क्षमतायुक्त नौ सेनाको निमार्ण गर्नु पर्ने आवश्यकता रहेको छ।

           प्रतिनिधि चांग व्हा छनले हाम्रा रेडियो सम्वाददातासँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

           उहाँका अनुसार चीनको नौ सेनाले सोमाली समुद्री क्षेत्रमा सँयुक्त राष्ट्र संघको प्रारुपभित्र क्षेत्रीय सुरक्षाको संरक्षण कार्यमा भाग लिएको यो पहिलो पटक हो। विभिन्न मुलुकको अनुभव तथा उपायबारे अध्ययन गर्ने, अन्तर्राष्ट्रिय समुद्री यात्राको सुरक्षाको संरक्षण गर्ने र समुद्री डाँकाको प्रहार गर्ने आदि गैर-युद्धको सैनिक कार्यलाई पूरा गर्ने चीनको नौ सेनाको क्षमतालाई बढाउनका लागि यो निकै सहयोगी रहेको कुरा पनि श्री चांग व्हा छनले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह