फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले घर जग्गा दलाली बजार आपूर्तिलाई बढाउने

(GMT+08:00) 2010-03-08 17:58:57

        चीनको बसोबास र शहरी तथा ग्रामीण निर्माण मन्त्री च्याङ्ग वै सिनले आज पैइचिङ्गमा बोल्दै चीनले चौतर्फी रुपमा घर जग्गा दलाली बजारको आपूर्तिलाई बढाउने निर्णय गर्ने जानकारी दिनुभयो।

        राष्ट्रिय जन काँग्रसको वार्षिक समितिद्बारा आयोजित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै श्री च्याङ्ग वै सिनले केही शहरमा घरको मूल्य तीव्र गतिले बृद्धि भएका मुख्य कारण आपूर्ति,माँग र व्यवस्थापनको समस्या हो भन्दै चीनले सामान्य घरको निर्माण र आपूर्तिलाई बढाउने बताउनुभयो।

           यस बाहेक चीन सरकारले जमिनको आपूर्तिलाई बढाउनुका साथै जमिन हासिल गर्नेलाई त्यसको प्रयोग छिटो गर्न आग्रह गरेको जानकारी पनि श्री च्याङ्ग वै सिनले दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह