फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुई अधिवेशनको पूर्ण सफलताको कामना

(GMT+08:00) 2010-03-09 18:30:51
         चीनका दुई वटा अधिवेशनको पूर्ण सफलताको कामना गर्दै नेपाली श्रोताले हामीलाई शुभकामना पठाइ रहनुभएको छ ।यसैक्रममा पवित्र सी.आर.आई रेडियो श्रोता क्लबका अध्यक्ष गोविन्द राउतले चीनका दुई वटा अधिवेशनको पूर्ण सफलताको शुभ कामना व्यक्त गर्नुभएको छ।

         उहाँले आफ्नो शुभकामना पत्रमा भन्नुभएको छः चीन एउटा विशाल मुलुक हो। चीनको जनसंख्या पनि धेरै छ। यसैले विश्व राजनैतिक रङ्गमञ्चमा चीनलाई प्रखर रुपमा उभ्याउनका लागि आवश्यक पूर्वाधार तयार गर्न र 21 सौं शताब्दीका आवश्यकतालाई सम्बोधन गर्न सक्ने कामयावी नेतृत्व चयन गर्न चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले चालु अधिवेशनमा आफूलाई खरो उतार्ने छ भन्ने हामीले विश्वास लिएका छौ। सन् 2020सम्ममा चीनलाई अहिलेको अवस्थाबाट निकै माथि उठाउने र विश्व समुदायका सामु एक सफल तथा सम्पन्न राष्ट्र बनाएर देखाउने अभियानमा यसपटकको अधिवेशनले कोशे ढुंगाको काम गर्ने कुरामा आशावादी हुने प्रशस्त ठाउँ रहेको छ। सूचना तथा संचारमा चीनले प्राप्त गरेको सफलता, अन्तरिक्ष एवं विज्ञान र प्रविधिको क्षेत्रमा हामीले गरेका उपलब्धिका साथै मेहनतकासाथ चिनियाँ जनताको कडा परिश्रमबाट हात परेका उच्च सफलतालाई अझ उचाईमा पुर्‍याउने सन्दर्भमा दुई अधिवेशनले दुर्गामी महत्वका निर्णय गर्नेछ भन्ने कुरामा हामी आशावादी छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह