फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आउँदो बर्ष चीनले अझ ठूलो आर्थिक उपलब्धी हासिल गर्ने चिनियाँ तथा अन्तर्राष्ट्रिय क्षेत्रका अर्थ विद्हरुको धारणा

(GMT+08:00) 2010-03-10 17:39:26
          चिनियाँ जन काङ्ग्रेसको चालु वार्षिक अधिवेशनको पहिलो दिन प्रधानमन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएको सरकारको कार्य-प्रतिवेदनमाथी जन काङ्ग्रेसमा व्यापक छलफल चलिरहेको छ भने विभिन्न क्षेत्रवाट टिप्पणी आउनेक्रम पनि जारिनै रहेको छ ।

          चिनियाँ तथा अन्तर्राष्ट्रिय क्षेत्रका अर्थ विद्हरुले बिभिन्न सञ्चार माध्यमसँगको कुराकानीमा सकारात्मक आर्थिक नीति तथा खुकुलो मुद्रा नीति एवम् चिनियाँ मुद्राको विनिमय दरलाई स्थिर पार्ने स्पष्ट योजनाले आउदो बर्ष चीनको आर्थिक विकास अझ ठूलो हुने विचार व्यक्त गरेका छन् ।

          वैदेशिक लगानीलाई आकर्षित् गर्ने ,वैदेशिक व्यापारमा जोड दिने,आर्थिक बृद्धिको शैलिमा परिवर्तन, शहरी तथा ग्रामीण क्षेत्रबीचको असमानताको अन्त जस्ता जल्दावल्दा बिषयलाई कार्य-प्रतिवेदनमा उचित रुपमा सम्वोधन गरिएको धारणा पनि उनिहरुको रहेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह