फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुईवटा अधिवेशनबारे नेपाली श्रोताको प्रतिक्रिया

(GMT+08:00) 2010-03-10 17:55:31
          पैचिङ्गमा हाल भइरहेका चीनका दुईवटा अधिवेशनले सारा विश्वको ध्यानाकर्षण गरेको छ। यसैबीच धेरै नेपाली श्रोताहरुले पनि हामीलाई पत्रचार गरी आ-आफ्नो प्रतिक्रिया तथा शुभकामना व्यक्त गर्नुभएको छ।

          सि.आर.आई. रेडियो श्रोता परिवारका अध्यक्ष राजेन्द्र पहाडीले हामीलाई पठाउनुभएको इमेलमा भन्नुभएको छ ।

          यस पटकको वार्षिक अधिवेशनले चीनको प्रशासनिक सुधार योजनालाई स्वीकृत गर्नुका साथै दुई दशकयता जारी आर्थिक नीतिमा व्यापक फड्को मार्ने आशा गरिएको छ। जसबाट चीनको आर्थिक बृद्धिदर सकारात्मक दिशातर्फ अघि बढ्ने छ।

          राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनले साँच्चिकै चीन आर्थिक तथा सामाजिक विकासको नयाँ युगमा प्रवेश गर्दै आम चिनियाँ जनताको प्रजातान्त्रिक अधिकारको सुरक्षा गर्न र उनीहरुलाई सामाजिक न्याय दिलाउन महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने अपेक्षा गर्न सकिन्छ। यी अधिवेशनले चीनलाई एकाईसौं शताव्दीको बाँकी अवधिका लागि सुस्पष्ट ढंगले हाँक्ने नीति तय गर्ने छ भन्ने हामीलाई पूर्ण विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह