फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा गम्भीर मुद्रास्फिती नहुनेः चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष

(GMT+08:00) 2010-03-10 15:57:21

        चीनमा हाल खाद्यान्न आदि वाणिज्य बस्तुको मूल्य बढेको छ। त्यसबाट चीनमा मुद्रास्फितीको अवस्था गम्भीर हुन सक्ने प्रवृत्ति देखा पर्ने केही मानिसले ठहर गरेका छन्। तर पैचिङ्गमा हाल भइरहेको चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनमा सहभागि हुनुभएका सो राष्ट्रिय समितिका उपाध्यक्ष एबं चीनका प्रसिद्ध अर्थ शास्त्री ली ऊ वैले चीनको आर्थिक सञ्चालनको समष्टिगत अवस्था हेर्दा हाल चीनमा मुद्रास्फिती नहुने कुरा बताउनुभयो।

         उहाँका अनुसार आर्थिक बनौटलाई सामञ्जस्य गरेबाट उत्पादन खर्च अवश्य नै बढ्ने छ। त्यसबाट वाणिज्य बस्तुको मूल्य पनि बढ्ने छ। तर आर्थिक बनौटको सामञ्जस्य गर्ने क्रममा यस्तो बाटो हिंड्नु पर्ने छ।

          यसका साथै उहाँले वाणिज्य बस्तुको मूल्य बृद्धिलाई ठीक स्तरभित्र नियन्त्रण गर्नुपर्छ भन्दै कम आम्दानी गर्ने सर्वसाधारणलाई अनुदान प्रदान गर्नुपर्नेमा पनि जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह