फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका चालु दुई अधिवेशनमा जल्दावल्दा सवै बिषयमा गम्भिर छलफल भएको विज्ञहरुको धारणा

(GMT+08:00) 2010-03-11 17:38:09

         चीनको नीति निर्माणको प्रमुख थलो चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनमा चीनका जल्दावल्दा सवै बिषयमा गम्भिर छलफल भएको धरणा सम्वन्धित् क्षेत्रका विज्ञहरुले व्यक्त गरेका छन् ।

        सञ्चारमाध्यमसँगको प्रतिक्रियाका क्रममा उनिहरुले रोजगारीको वृद्धि, सामाजिक सुरक्षा , आयको समान वितरण, ग्रामिण क्षेत्रमा चिकित्सा सेवा, शिक्षाको सहज पहुच जस्ता बिषयमा गम्भिर छलफल भएको र त्यसले चीनको आगामी नीति निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्ने वताए ।

        लोप हुन लागेका विभिन्न जातजातिको भाषा तथा संकृतिको संरक्षण र अल्पसख्यक जातिको राज्यको हरेक तहमा कसरी सहभागिता वढाउन सकिन्छ भन्ने बिषयमा पनि दुई अधिवेशनमा गहन छलफल भएको र त्यो धेरै सकारात्मक कुरा भएको विचार पनि उनिहरुको रहेको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह