फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको इन्टरनेट खुलस्त भएकाले सबै व्यवसायद्बारा कानुनबमोजिम कारवाई चलाइनुपर्ने चीनको उद्योग तथा सूचना मन्त्रीको भनाइ

(GMT+08:00) 2010-03-12 18:01:12

           चीनका उद्योग तथा सूचना मन्त्री लि यि चोङ्गले आज पैचिङ्गमा बोल्दै चीनको इन्टरनेट खुलस्त भएकाले सबै कम्पनीले चीनमा इन्टरनेटसम्बन्धी व्यवसाय चलाउँदा चीनको कानुन तथा नियमको अक्षरश:पालना गर्नुपर्ने कुरा औँल्याउनुभयो।

           श्री लीले आजै एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो सम्मेलनद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

            श्री लीका अनुसार, हाल चीनको इन्टरनेट द्रूत गतिले विकसित भइरहेकाले नेट-ग्राहकको कूल सङख्या तीस करोडभन्दा बढी हुनुका साथै वेभसाइटको सङख्या पनि अड्तीस लाखभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह