फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अधिवेशन सफलताको शुभकामना

(GMT+08:00) 2010-03-13 16:55:43

        संगम सि आर आई श्रोता क्लबकी श्रीमती शाशी ढकालले चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन काँग्रेस आयोजित हुने अवधिमा यी दुई अधिवेशनको सफलताको शुभकामना नेपाली विभागलाई पठाउनुभएको छ।

         उहाँले आफ्नो शुभकामनामा यसरी भन्नुभयो: हरेक वर्षको मार्च महिना चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन तथा चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरु निकै व्यस्त हुनुहुन्छ। यी दुईवटा अधिवेशनमा देश र विदेशका ब्यापक मानिसहरुको ध्यान पनि आकर्षित हुने गर्दछ।

          गत वर्ष सन् 2009 चीनका लागि मिश्रित वर्षको रुपमा रहेको पाइन्छ। किनभने एकातिर चीनले विगतका वर्षहरु जस्तै यस वर्ष पनि प्राकृतिक विपत्तिहरुको सामना गर्नुपरेको थियो भने अन्तर्राष्ट्रिय जगतमा देखा परेको बैकिङ्ग संकटको पनि सामना गर्नुपरेको थियो। तर चीन यस्ता कठिनाईहरुसँग मुकाविला गर्न सफल पनि भएको थियो। जसरी चीनले सन् 2008को उन्नतीसौं ओलम्पिक खेलकुदको सफलता साथ आयोजना गरी विश्वमा नै प्रमुख पात्रको रुपमा स्थापित भएको थियो। त्यसरी नै आगामी मे एक तारिखदेखि चीन तथा विश्वकै प्रसिद्ध ब्यापारिक शहर अर्थात् शाङ्गहाईमा सञ्चालन हुन लागेको शाङ्गहाई विश्व एक्स्पोको पनि सफलता साथ आयोजना गरी विश्वमा एक मात्र सफल राष्ट्रको रुपमा स्थापित हुनेछ। यस एक्स्पोको सफल आयोजनाका लागि पनि यी महत्वपूर्ण दुई अधिवेशन केन्द्रीत हुने विश्वास लिएकी छु। बिगत धेरै वर्षदेखि मातृभूमि चीनबाट अलगिएर रहेको अभिन्न अङ्ग थाइवानलाई मातृभूमिमा सरल तथा सहज तरिकाले समाहित गर्ने कार्यदिशा तयार गर्न यी दुई अधिवेशन सफल होउन्न भन्ने मेरो शुभकामना छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह