फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक बैठक पैचिङ्गमा सम्पन्न

(GMT+08:00) 2010-03-13 10:58:12

          चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन आज तेह्र तारिख बिहान पैचिङ्गमा सम्पन्न भयो। श्री हु चिन थाउ, ऊ पोङ्ग को, वन च्या पाउ, च्या छिङ्ग लिन आदि पार्टी र सरकारका नेतागण उक्त समापन समारोहमा उपस्थित हुनुभयो।

           राष्ट्रिय जन राजनैतिक परापर्शदात्री सम्मेलनका अध्यक्ष श्री च्या छिङ्ग लिनले उक्त समापन समारोहमा सम्बोधन गर्नुभयो। उहाँका अनुसार यस पटकको अधिवेशनमा सो सम्मेलनका सदस्यहरुले यस सालका आर्थिक र सामाजिक विकासका लक्षित कार्यभार र महत्वपूर्ण कामकाजहरु, आर्थिक विकासका पद्धतिहरुलाई बदल्ने अर्थतन्त्रको सन्तुलित र अपेक्षाकृत विकासलाई महत्व दिनेजस्ता विषयहरुबारे राय-सुझावहरु राख्नुभएको छ। सो अधिवेशनमा सदस्यहरुले जम्मा सात सय साठी सम्बोधन पत्र प्रदान गर्नुभएको, पाँच हजार चार सय तीस वटा राय-सुझाव राख्नुभएको र तिनमा पाँच हजार एक सय त्रीसट्ठीलाई मुद्दाका रुपका राख्नु भएको छ। तीमध्ये आठ सय उनान्सत्तरी वटाले सामाजिक अवस्था र नागरिकहरुको इच्छाको प्रतिविम्वित गरेका छन्।

           सोही दिन उक्त अधिवेशनमा भएको आयोजित समारोहमा श्री ह हौ व्हालाई राष्ट्रिय जन राजनैतिक परामशदात्री सम्मेलनका उपाध्यक्ष पदमा मतदानव्दारा नियुक्त गरिएको छ र त्यसका साथै राजनैतिक परामर्शदात्री सम्मेलनको स्थायी समितिको कार्य प्रतिवेदन, राय-सुझावहरुमाथि सुनुवाइ गर्ने अवस्थासम्बन्धी प्रतिवेदन र यस अधिवशनको राजनैतिक अन्तिम निर्णय प्रस्ताव पनि पारित गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह