फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन पैचिङमा अन्त

(GMT+08:00) 2010-03-14 10:33:45

          चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-चिनियाँ राष्ट्रिय जन कांग्रेसको चालु वार्षिक अधिवेशन सफलताका साथ विभिन्न कार्यसूचि पूरा गर्दै आज विहान पैचिङमा सम्पन्न भयो। हु चिन थाउ, वु बाङ को, वन च्या पाउ, च्या छिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रिय नेताहरु सो समापन समारोहमा उपस्थित हुनुहुन्थ्यो।

          समापन समारोहमा भएको मतदानमा मतदान ऐनको संशोधित मसौदा अत्याधिक मतले पारित भएको छ। ऐनको संशोधनपछी अहिलेसम्म चीनमा "चार जना किसान बराबर एक जना शहरबासी रहेको" इतिहासको अन्त भएको छ। अव शहर तथा गाउँबस्तिका नागरिकहरुले समान अनुपातमा चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिको छनौट गर्न सक्नेछन् ।

          चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष वु बाङ कोले सो समापन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, शहर तथा गाउँबस्तिका नागरिकहरुले समान अनुपातमा चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिको छनौट गर्नु चीनको राष्ट्रिय परिस्थिति तथा वास्तविकता एवं चीनका विभिन्न जातिका जनताको साझा हितसँग अनुकूल रहेको छ। जन कांग्रेस व्यवस्थालाई निरन्तरता दिन तथा त्यसलाई पूर्णता दिलाउन, समाजवादी प्रजातान्त्रिक राजनीतिको विकास गर्नका लागि त्यसको महत्वपूर्ण अर्थ रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह