फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्पन्न दुई अधिवेशनमा सवै बिषयमा गम्भिर छलफल भएको अर्थशास्त्रीहरुको धारणा

(GMT+08:00) 2010-03-14 14:21:31

           चीनको नीति निर्माणको प्रमुख थलो चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेसको सम्पन्न वार्षिक अधिवेशनमा चीनका जल्दावल्दा सवै बिषयमा गम्भिर छलफल भै ठोस नीति निर्माण गर्न दुई अधिवेशन सफल भएको धरणा अर्थशास्त्रीहरुले व्यक्त गरेका छन् ।

           चिनियाँ तथा विदेशी विभिन्न सञ्चारमाध्यमसँगको प्रतिक्रियाका क्रममा उनिहरुले रोजगारीको वृद्धि, सामाजिक सुरक्षा , आयको समान वितरण, ग्रामिण क्षेत्रमा चिकित्सा सेवा, शिक्षाको सहज पहुच जस्ता बिषयमा दुई अधिवेशनमा गम्भिर छलफल सफल भएको विचार व्यक्त गरे।

           आर्थिक सामाजिक रुपले पछाडी परेका विभिन्न जातजाति, समूदाय र क्षेत्रको विकास एवं लोप हुन लागेका विभिन्न जातजातिको भाषा तथा संकृतिको संरक्षण र अल्पसख्यक जातिको राज्यको हरेक तहमा कसरी सहभागिता वढाउन सकिन्छ भन्ने बिषयमा पनि दुई अधिवेशनमा गहन छलफल भएको विचार उनिहरुको रहेको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह