फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सरकारी प्रतिवेदन जनताको जीवनस्तर माथी उकास्न र चीनलाई विश्वकै समृद्ध मुलुक बनाउने दिशामा उपयुक्त

(GMT+08:00) 2010-03-14 14:23:10

          चीनका दुईवटा अधिवेशनको समिक्षा गर्दै नेपाली श्रोताले हामीलाई शुभकामना पठाई रहनुभएको छ ।यसैक्रममा सि.आर .आई श्रोता कुञ्ज

           दुलेगौंडा-7 तनहुँका अध्यक्ष शिव पौडेलले चीनका दुईवटा अधिवेशन चिनियाँ जनताको जीवनस्तर माथी उकास्न र चीनलाई विश्वकै समृद्ध मुलुक बनाउने दिशामा धेरै सफल भएको समिक्षा गर्दै हामीलाई पत्र पठाउनुभएको छ ।

           उहाँले पत्रमा चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनको पहिलो दिन चीनका प्रधानमन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएको कार्य प्रतिवेदनमा आवासको मूल्य, आय, चिकित्सालगायत चिनियाँ सर्वसाधारणका आधारभूत आवश्यकताका बारेमा चर्चा गरिएको र त्यसमा गहन छलफल गरि ठोस नीति तय गर्न दुई अधिवेशन सफल भएको उल्लेख गर्नुभएको छ।

           उक्त कार्य-प्रतिवेदनले अर्थतन्त्रको स्थिर तथा तीब्र विकास कायम राख्ने, आर्थिक विकासको गतिलाई तीब्रता दिने, सर्वसाधारणको जीवनस्तर उकास्ने, समाजको मेलमिलाप र स्थिरतालाई सार्थक बनाउनेलगायतका विषयहरूलाई चीन सरकारले चालु वर्षको मुख्य कार्यभारको तोकेको छ । चीन सरकारले जुनसुकै चुनौतिको सक्रियताका साथ सामना गर्ने सङ्कल्प र विश्वास उक्त प्रतिवेदनमा अभिव्यक्त भएको पनि पौडेलजीले पत्रमा उल्लेख गर्नुभएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह