फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ हाइ विश्व एक्स्पोको विभिन्न तयारी कार्य अन्तिम चरणमा प्रवेश

(GMT+08:00) 2010-03-18 18:22:38
       अब शाङहाई विश्व एक्स्पो आयोजना हुन चालीसभन्दा पनि कम दिनको समय मात्र बाँकी छ। सन् 2010 शाङहाई विश्व एक्स्पो तयारी अवधिदेखि आयोजना गर्ने अवधिसम्म परिवर्तन गर्ने निर्णायक चरणमा पुगिरहेको छ। चिनियाँहरूले सफल, रोचक तथा अविष्मरणीय विश्व एक्स्पोको आयोजना गर्न सक्दो प्रयास गरिरहेका छन्। चिनियाँहरूले अन्तिम चरणमा भएका विभिन्न कार्य राम्रोसँग गर्दै विश्वका विभिन्न मुलुकका साथीहरूको स्वागत गर्ने तयारी गरेका छन्। अब यससम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

       शाङहाईका धेरै नागरिकहरूले विश्व एक्स्पो परिवार बन्न सम्बन्धित निवेदन सक्रियताका साथ पेश गरिरहेका छन्। निवेदन दिएपछि सफलताका साथ विश्व एक्स्पो परिवार बनेका केही परिवारहरूले विदेशी पर्यटक आफ्नो घरमा बस्दा सत्कार गर्ने तयारी गरिरहेका छन्। शाङहाई नगरको ह्वाङ फु क्षेत्रका बासिन्दा चु श फिङले भनेका छन्-

         हाल विश्व एक्स्पो परिवारहरूले विदेशी पर्यटक आफ्नो घरमा बस्दा सत्कार गर्न तयारी गरिरहेका छन्। हामीले घर सफा पारेर घरका सामानलाई ठीक-ठाउँमा राख्नुका साथै आफ्नो कला क्षमतालाई पनि सबल पारेका छौँ। त्यसका अतिरिक्त हामीले सक्रियताका साथ अङ्ग्रेजी भाषा पनि सिकिरहेका छौँ। किनभने विदेशी अतिथिको सत्कार गर्ने जिम्मेवारी तुलनात्मक रुपमा बढी भएको हुनाले राम्रोसँग विदेशी भाषा सिक्न आवश्यक छ।

         शाङहाईबासीहरू विश्व एक्स्पो आउने प्रतीक्षामा रहनुका साथै शाङहाई विश्व एक्स्पो बागमणिको निर्माण अन्तिम चरणमा प्रवेश भएको छ। अहिले विश्व एक्स्पोका हलहरू तथा सम्बन्धित प्रबन्धहरूलगायत परियोजनाको निर्माण कार्यमध्येको पन्चानब्बे प्रतिशत पूरा भएको छ। बाँकी निर्माण कार्य आगामी अप्रिल पन्ध्र तारिखअघि पूरा हुनेछ। शाङहाई विश्व एक्स्पो व्युरोका प्रमुख हुङ हाउले विश्व एक्स्पोको बागमणिको निर्माणको अवस्थाबारे जानकारी दिँदै भन्नुभयो-  

         सम्पूर्ण बागमणिको निर्माण व्यवस्थित रुपमा चलिरहेको छ। अहिले मागमाणिको एउटा कक्ष तथा चारवटा हलको निर्माण पूरा भएका छन्। विदेशका बयालीसवटा हल तथा एघारवटा संयुक्त हलको निर्माण पूरा भएका छन्। बागमणिका हलहरूको निर्माण सुचारु रुपमा चलिरहेका छन्। त्यसबाहेक बाटो तथा सार्वजनिक प्रबन्धको निर्माण कार्य पनि अन्तिम चरणमा प्रवेश भएको छ। चालुवर्षको अप्रिल महिनाको मध्यकालमा ती प्रबन्धहरूको निर्माण पूर्वनिर्धारित समयअनुसार पूरा हुने अनुमान छ। आगामी अप्रिल बीस तारिख विश्व एक्स्पोको परीक्षणसम्बन्धी अभ्यासमा तुलनात्मक रुपमा पूर्ण हुने आधारभूत प्रबन्ध तथा हलहरू तपाईँहरूको सामु देखापर्ने विचार हामीले गरेका छौँ।

         प्राप्त जानकारीअनुसार, विश्व एक्स्पोको स्वागत गर्नका लागि शाङहाई शहरले ठूलो पैमानामा शहरको निर्माण गरेको छ। गतवर्ष शाङहाई नगरको आधारभूत प्रबन्धको निर्माणका लागि लगानी गरिएको रकम एक खर्ब सत्तरी अर्ब आर.एम.बी पुगेको छ। जसले इतिहासमा नयाँ किर्तिमान सिर्जना गरेको छ । ती आधारभूत प्रबन्धहरूको निर्माण सम्पूर्ण रुपमा पूरा भएको कुराले विश्व एक्स्पोका पर्यटकहरूका लागि सुविधा उपलव्ध गराउनुका साथै शाङहाई शहरको कार्यलाई बढाउनेछ।

         हालको तयारी कार्यको महत्वपूर्ण विषयबारे चर्चा गर्दै शाङ हाई विश्व एक्स्पोको कार्यकारी समितिका उप-प्रमुख चौ हान मिनले जानकारी दिँदै आयोजकले हलहरूको निर्माण तथा प्रदर्शनीको तयारी कार्यमा सक्दो प्रयास गरिरहनुका साथै विश्व एक्स्पोमा अरु देशको संलग्नताको प्रक्रिया मिलाउँदै छ भन्ने कुरा बताउनुभयो।  

         अन्तिम चरणमा हामीले हलहरूको निर्माण तथा प्रदर्शनीको तयारी कार्यमा सक्दो प्रयास गरिरहेका छौँ। आयोजक मुलुकको हैसियतले हामी तयार भइसकेका छौँ। तथापि हामीले एक्स्पोमा अरु देशको संलग्नताको प्रक्रिया मिलाउनुपर्छ। यस पटकको विश्व एक्स्पो एक सय चौरासी दिनसम्म चल्नेछ। यसका साथै सात करोड दर्शकहरूले यहाँको निरीक्षण गर्नेछन्। त्यसैकारण हामीले हरेक क्षेत्रमा राम्रोसँग काम गर्नुपर्छ। उदाहरणका लागि सुरक्षाको संरक्षण, यातायात, स्वास्थ्य, सूचना, आतंकवाद प्रतिरोध आदि। हामीले समस्त समाजसँग विश्व एक्स्पोलाई ध्यान दिनसक्ने, स्वदेश र विदेशका चिनियाँहरूसँग विश्व एक्स्पोको समर्थन दिनसक्ने तथा सम्पूर्ण विश्वका जनतासँग विश्व एक्स्पोको संयुक्त रुपमा उपभोग गर्नसक्ने आशा गरेका छौँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह