फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतलाई सहायता दिने चिकित्सा टोलीको कथा1

(GMT+08:00) 2010-03-24 15:26:20

              तिब्बत स्वायत्त प्रदेशको रन पु जिल्ला एउटा सानो जिल्ला हो। त्यसको क्षेत्रफल त्यति ठूलो छैन र समस्त जिल्लाको कुल जन संख्या तीस हजारभन्दा अलि बढी मात्र छ। त्यो समुद्री सतहदेखि चार हजार मीटरभन्दा अग्लो ठाउँमा परेको कारणले त्यहाँको प्राकृतिक स्थिति ज्यादै नराम्रो छ। भेल-बाढी, बालुवा र गिटीको दलदले प्रवाह, पैरो, भूइंचालो र सुक्खा खडेरी जस्ता दैवी प्रकोप बारम्बार उत्पन्न भइरहने गर्दछ।

            गत वर्षको फेब्रुअरी महिनामा हे लोंग च्याँग प्रान्तको छी थाई ह नगरको जन अस्पतालको छाती बहिरंग विभागका उप प्रमुख स छोंग मिन, कर्मठ चिकिसक वै श्याउ वन र अपरेशन विभागका नर्स छ्यु ली व्हैबाट गठित एक सानो चिकित्सा टोली तिब्बतलाई प्राविधिक सहायता दिन रन पु जिल्ला गयो।

           चिकित्सा टोली रन पु जिल्ला जन अस्पतालमा पुगेको धेरै समय नबित्दै सुत्केरी महिला चोमालाई कठिन प्रसूती व्यथा भएको हुँदा चिकित्सा टोलीले सामुहिक छलफल गरेपछि अबिलम्ब नै चोमालाई पेटको चिरफार गरेर बच्चा निकाल्नुपर्ने निर्णय गर्‍यो। अपरेशन कक्षबाहिर कुरेका उनको घरका मानिसहरुले तिब्बती भाषामा कुरा गरिरहेका थिए। देख्न सकिन्छ, चिकित्साको अभाव भएको यस क्षेत्रका तिब्बतीहरुले पश्चिमी चिकित्सामा शंकास्पद भाव लिएका रहेछन।

              एक घण्टा पच्पन्न मिनेटपछि अपरेशन कक्षबाट सुसमाचार बाहिर आयो। एउटा छोराको सकुशल रुपमा जन्म भयो। माता र छोरो दुवै सुरक्षित रहेको सुसमाचार पाएपछि निज प्रसूती महिलाको परिवारका सदस्यहरु एकदमै खुसीले गदगद भए। अपरेशन कक्षबाट निस्केका तिब्बतलाई सहायता दिने छि थाइ ह नगरका डाक्टरहरुले चोमाकी सासूलाई ध्यान दिनुपर्ने कुराहरु बेलिविस्तारका साथ बुझाएका थिए।

              तिब्बतलाई सहायता दिने चिकित्सा टोलीले गरेको यो अपरेशन चाहिं रन पु जिल्लाको इतिहासमा पेट चिरफार गरेर प्रसूती गराइएको पहिलो अपरेशन हो। यसरी नै धेरै तिब्बतीहरुले चिकित्सा टोलीमाथि गरेको आशंकालाई हटाएका छन र विस्तार विस्तार पश्चिमी चिकित्सामा पनि विश्वास गर्न थालेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह