फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ हाइ विश्व एक्स्पो क्षेत्रको निर्माण कार्य अन्तिम चरणमा

(GMT+08:00) 2010-03-31 18:10:55

       इतिहासमा सहभागी भएको सबैभन्दा बढी एक्स्पो अर्थात शाङ हाइ विश्व एक्स्पो आगामी मे एक तारिख सुरु हुनेछ। हिजो शाङ हाइ स्थायी उप-मेयर एवम शाङ हाइ विश्व एक्स्पो कार्यकारी समितिका स्थायी उप प्रमुख याँग स्युँगले पत्रकारसँग कुराकानी गर्दै हाल एक्स्पो क्षेत्रको निर्माण कार्य अन्तिम चरणमा प्रवेश गर्नुका साथै सजावट कार्य पनि भैरहेको भन्दै हामीले शाङ हाइ एक्स्पोको सुरक्षित र व्यवस्थित रुपमा हुने कुरा स्पष्ट गर्नुभयो। अब सुन्नुहोस् यससम्बन्धी एक विवरण:

           शाङहाइ विश्व एक्स्पोले धेरै रेकर्ड बनाएको छ । अर्थात विकासोन्मुख मुलुकमा पूरा एक्स्पोको आयोजना गर्ने यो पहिलो पटक हो, दुई सय बयालीस वटा मुलुक र अन्तर्राष्ट्रिय संगठन सहभागी हुनेछन, निकै ठूलो शहरको केन्द्रमा एक्स्पोको आयोजना यो पनि पहिलो पटक हो।

           श्री याँग स्युँगका अनुसार, हाल चिनियाँ मण्डप, मुख्य विषय मण्डप, एक्स्पो केन्द्र, एक्स्पो साँस्कृतिक केन्द्र, एक्स्पो अक्षरेखा आदि स्थायी निर्माण सम्पन्न भइसकेका छन्। अधिकाँश आत्म-निर्माण मण्डप, व्यवसायी मण्डप र सर्वश्रेष्ठ शहरको अभ्यास क्षेत्रको सजावट भैरहेकोछ। अप्रिल बीस तारिख एक्स्पो क्षेत्रको परीक्षण गरिनेछ। उहाँले भन्नुभयो-

           हाल बयालीसवटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले आत्म-निर्माण मण्डपको निर्माण गरेका छन्। तीहरुमध्येका अधिकांश सजावट अवधिमा प्रवेश गरेका छन्। यस एक्स्पोको नयाँ परिवर्तन अर्थात सर्वश्रेष्ठ शहरको अध्यास क्षेत्रका अधिकांश परियोजनाको सजावट पनि अन्तिम अवधिमा प्रवेश भएका छन्। सत्तरी प्रतिशत मण्डप आगामी अप्रिल बीस तारिखमा परीक्षण गरिने छन्। विभिन्न कारणले केही मुलुक र अन्तर्राष्ट्रिय संगठनले निश्चित समयमै आफ्नो मण्डप खोल्न नसक्ने सम्भावना छ, तर उक्त संख्या दश प्रतिशतभन्दा कम हुनेछ। हरेक एक्स्पोमा उक्त परिस्थिति सधैँ नै हुनेछ।

           हाल अझै केही मण्डपको निर्माण भैरहेकोछ। तर अधिकाँश मण्डप भवन सजावट अवधिमा प्रवेश छन। मण्डपको क्षेत्रफल छ हजार वर्गमिटर पुगी चीनपछिको दोस्रो ठूलो मण्डपमा रहेको अमेरिकी मण्डप हाल अन्तिम निरिक्षण तथा अनुगमन अवधिमा प्रवेश छन। अमेरिकी मुख्य संचालक मार्क केर्मिनले पत्रकारसँग कुराकानी गर्दै अमेरिका मण्डपले अरु मण्डपसँग निरिक्षण तथा अनुगमन गर्ने कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो--

           हाम्रो तालिका र एक्स्पो क्षेत्रका अरु मण्डपबीच उस्तै प्रक्रिया छ । अहिले हामीले मण्डपको आवाज प्रवन्ध र प्रकाशको निरीक्षण तथा अनुगमन गर्नुका साथै प्रदर्शनसम्बन्धी योजनाको तर्जुमा गरेका छन् । अब धेरै विशेषज्ञहरुले मण्डपमा व्यस्तताका साथ काम गर्दैछन्।

           सम्बन्धित अनुमानअनुसार, यदि एक सय चौरासी दिनको प्रदर्शन अवधिमा पर्यटकको संख्या जम्मा सात करोड पुग्नेमा औसत हरेक दिनमा चार लाख जना पुग्नेछन् र व्यस्त समयमा छ लाख वा आठ लाख जना पुग्नेछन्। त्यसबाट एक्स्पोको सुरक्षामा निकै ठूलो दबाव पुग्नेछ। त्यसबारे चर्चा गर्दै शाङ हाइ एक्स्पोका कार्यकारी समितिका स्थायी उप-प्रमुख याँग स्युँगले ठूलो संख्यामा आउने पर्यटकको सामना गर्नका लागि हामीले अझ कडा सुरक्षा निरीक्षण कदम चाल्ने कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो--

           पर्यटकलाई कडा सुरक्षा निरीक्षण गरिनेछ। तरल, धारिलो सामान र लाइटर आदि एक्स्पो क्षेत्रमा प्रवेश गर्न दिइने छैन । हाल भूमिगत विशेष गरी केही महत्वपूर्ण स्टेशनको सुरक्षा परीक्षण पनि सुरु भयो। साथै हामीले अरु धेरै सम्बन्धित कदम चाली सुरक्षित रुपमा एक्स्पोको आयोजना गर्ने विश्वास लिएका छौँ। यातायात, प्रवाह व्यवस्थापन, टिकट व्यवस्थापनसम्बन्धी कदम पनि चालिसकिएका छन्।

           खानेकुरा र यातायात आदि सेवासम्बन्धी योजना पनि गरिएका छन्। एक्स्पोका भूमिन, पानी र भूमिगत तेह्र वटा प्रवेश क्षेत्र राखी पर्यटकलाई सुविधा दिनेछ। असी हजार वर्गमिटरभन्दा बढी खाने क्षेत्र पनि राखिएर पर्यटकले पाँच मिनेट हिँडेर खाने क्षेत्र पुग्न सकिनेछ। लगभग दश हजार शौचालयबाट पर्यटकलाई ठूलो सुविधा दिइनेछ। साथै विकलांग र बच्चाहरुका लागि पनि उक्त क्षेत्रमा धेरै सम्बन्धित प्रवन्ध गरिनेछ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह