फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्ग हाइ विश्व एक्स्पो शुरु हुन तीस दिन बाँकी

(GMT+08:00) 2010-04-01 17:55:12

      शाङ्ग हाइ विश्व एकस्पो शुरु हुन अब अन्तिम तीस दिन बाँकी रहेको छ। एक सय उनान्साट्ठी वर्षपछि यो विश्व एक्स्पो पहिलो पटक विकासोन्मुख मुलुकको हातमा आउनेछ। विश्वलाई एक सफल, भव्य एक्स्पो देखाउनका लागि संचालक, कर्मचारी र उत्साहित शाङ्ग हाइ नागरिकले अन्तिम चरणको तयार गरिरहेका छन्। 

          आज एक्स्पोमा भाग लिने कर्मचारीहरुले चिनियाँ मण्डपको अगाडि सामूहिक रुपमा पूरा तयारी कार्य गरी सबै पाहुनालाई राम्रोसँग सेवा गर्ने वचन दिनुभयो।

          थाहा भएअनुसार, दुई सय बयालीस मुलुक र अन्तर्राष्ट्रिय संगठन यस एक्स्पोमा सहभागी हुनेछन्। चिनियाँ मण्डप, मुख्य विषय मण्डप, एक्स्पो केन्द्र, एक्स्पो साँस्कृतिक केन्द्र र एक्स्पो अक्षरेखा आदि स्थायी निर्माण हाल सम्पन्न भयो। अधिकाँश आत्म-निर्माण मण्डप, व्यवसायी मण्डप र सर्वश्रेष्ठ शहरको अभ्यास क्षेत्रमा हाल सजावट भइरहेको छ।

          एक्स्पो क्षेत्रबाहिर रहेका केही महत्वपूर्ण आधारभूत प्रवन्धहरु हाल पनि एकपछि अर्को गरी सेवा शुरु भए। विश्वस्तरीय यातायात परियोजना अर्थात हुङ्ग छ्याउ परिवहन केन्द्र औपचारिक रुपमा सुरु भयो। वाइ थानको पूर्ण परिणत परियोजना पनि सम्पन्न भयो। अप्रिलको मध्यकाल शाङ्ग हाइ एक्स्पोको महत्वपूर्ण सहायक यातायत प्रवन्ध अर्थात शाङ्ग हाइ लुङ्ग याउ रोडको सुरुङ पनि सेवा हुनेछ।

          शाङ्ग हाइ विश्व एक्स्पो ब्यूरोका प्रमुख हुङ्ग हाउले आगामी अप्रिल बीस तारिख एक्स्पोको परीक्षण हुनेछ र हामीले एक्स्पो क्षेत्रको सुरक्षित, उच्च प्रभावकारी र सुचारु रुपमा हुनुका साथै पाहुनाहरुलाई अलर सेवा गर्नका लागि सकेसम्म प्रयास गर्ने कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो--

          एक्स्पोको सुचारु हुनका लागि हामीले सबै आधारभूत प्रवन्ध, भवनको प्रवन्ध र सेवा प्रवन्धको पूर्ण निरीक्षण तथा अनुगमन गर्नुपर्छ। साथै पाहुना, सञ्चारमाध्यमलाई सेवा गर्न र यातायात आदि विषयबारे पनि दत्तचित भएर तयारी गर्नुपर्छ, एक्स्पो क्षेत्रको कार्यक्रम सुरक्षित, उच्च प्रभावकारी र सुचारु रुपमा गर्नका लागि संरक्षण गर्नुपर्छ, एक्स्पो क्षेत्रको सुरक्षा तयारी कार्यमाथि अझ ठोस विचार गर्नुपर्छ, जरुरी घटनाको समाधान गर्ने क्षमतालाई अझ बढाउनुपर्छ। हामीले प्रदर्शनमा भाग लिने व्यक्ति, विभिन्न कार्यक्रममा भाग लिने व्यक्ति, विभिन्न सञ्चारमाध्यम र पर्यटकहरुलाई असल र पेशागत सेवा दिनेछन्।

          हाल एक्स्पो क्षेत्रमा टिकट निरीक्षण स्टेशन र सुरक्षा निरीक्षण स्टेशनमा काम पनि सम्पन्न भएका छन्। साथै एक्स्पो क्षेत्रमा लगभग दश हजार वटा कार्यक्रम हुने छन्। पर्यटकले "एक्स्पो घर"मा बसेर शाङ्ग हाइ र चीनको सँस्कृतिबारे बुझ्न सक्नेछन्।

           चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत शाङ्ग हाइ समितिका अध्यक्ष यु चङ्ग शङ्गले एक सय चौरासी दिन हुने एक्स्पो अवधिमा विभिन्न कठिनाइ र चुनौति हुनेता पनि विभिन्न पक्षको प्रयासमा हामीले अवश्य नै एक सफल र भव्य एक्स्पोको आयोजना गर्ने कुरा बताउनुभयो। उहाँले भन्नुभयो--

           चीनमा विश्व एक्स्पो आयोजना गर्नु सय वर्ष यता सारा चिनियाँहरुको साझा इच्छा हो। विकासोन्मुख मुलुकमा विश्व एक्स्पो आयोजना हुने यो पहिलो पटक पनि हो। एक सय चौरासी दिन हुने एक्स्पोसामु धेरै कठिनाइ देखिनेछन् र धेरै नभेटेको समस्या पनि देखिनेछ। तर हामीले अवश्य नै निश्चित लक्ष्यलाई व्यवहारमा उत्तार्ने विश्वास लिएका छौँ।

           हालसम्म एक्स्पो संचालकहरुले बीस वटाभन्दा बढी मुलुकमा शाङ्ग हाइ विश्व एक्स्पो प्रचारप्रसार सप्ताह आदि धेरै कार्यक्रमको आयोजना गरेका छन। दुई करोड बीस लाख थानभन्दा बढी टिकट बिक्रि भई दुई करोड चालीस थान टिकट बिक्री हुने निश्चित लक्षयको त्रियान्नब्बे सम्पन्न भयो। शाङ्ग हाइ एक्स्पोको अरु दुईवटा महत्वपूर्ण विषय अर्थात साँस्कृतिक र कला कार्यक्रम र सम्बन्धित मंचको तयार कार्य पनि सुचारु रुपमा भैरहेकोछ। अप्रिलमा सार्वजनिक मंच औपचारिक रुपमा हुनेछ र सम्पन्न उद्घाटन समारोहमा शुरु हुने शिखर मंचको प्रारम्भिक तयार कार्य पनि भैसकेकोछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह