फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राचीन तिब्बती चो ऊ नाचबाट नयाँ युगको लय गुन्जायमान-2

(GMT+08:00) 2010-04-14 15:02:08

           सन 1983 मा तिब्बत स्वायत्त प्रदेशले लोपोन्मुख लोक कलालाई बचाउनका लागि विभिन्न ठाउँमा कला मण्डली स्थापना गरेको थियो। "चो ऊ नाच" को राष्ट्रिय स्तरका उत्तराधिकारी मानिने पेन्बा छिरिंगले शुरुमा टाउन्शीपमा "चो ऊ नाच" मण्डली स्थापना गरिएको खबर थाहा पाए। उनले उत्सुकताका साथ टाशी टुन्चुलाई आफ्नो गुरु बनाए। अनि उनले बाह्रजना मानिसबाट गठित एउटा "चो ऊ नाच" दलमा भाग पनि लिए। बूढो टाशीटुन्चुको सूक्ष्म सिकाईमा तिनताकको कलिलो केटो पेनबा छिरिंगले विस्तार विस्तार "चो ऊ नाच" को भित्री अर्थ राम्ररी बुझे र त्यसपछि यस विशेष लोक कलामा आफूलाई समर्पित गर्न पूराका पूरै हाम फाले।

          "चो ऊ नाच" नाच्दा कपाल फाल्ने, नमाहा पिट्ने र पाइला सार्ने फरक क्रियाका आधारमा त्यसलाई दशभन्दा बढी खण्डमा बाँडिएको छ। पूरा सेट नाच नाच्न करीब सात घण्टा लाग्दछ। कम्मरमा दमाहा बाँधेर नाच्नुका साथै कपाल फाल्ने क्रिया पनि देखाउनुपर्छ। यसैले एक पटक पूरा सेट नाचिसकेपछि कम्मर र पिठ्यूँ दुइ चार दिनसम्म दुख्ने गर्दछ। कहिलेकाही रगत पनि निस्कन्छ। शुरुमा एकदमै खल्लो र फिका लाग्छ। तर सिक्दै जाँदा त्यसको भित्री अर्थ जति जति बुझ्दै गइन्छ, उति उति नै त्यसलाई ज्यादै मन पराइन्छ। अहिले तालिम वा अभिनय गर्न म जहिले पनि अग्रसर भइहाल्छु"।

          शुरुमा पेन्बा छिरिंगसंगसंगै "चो ऊ नाच" नाच्न सिकेका टासाङ नोर्बु अहिले "चो ऊ नाच" सिकाउने शिक्षक बनेका छन। उनले आफ्नो नाउँ सुनेर सिक्न आएका चेलाहरुलाई सिकाउने मात्र नभइ, आफ्नो छोरोलाई पनि यस "चो ऊ नाच" मण्डलमा पठाएका छन। जसबाट आफ‍नो उद्देश्यको बिंडो थाम्न सकियोस्। "चो ऊ नाच" ले टासाड नोर्बु र स्थानीय गाउँले बासिन्दाहरुलाई अभूतपूर्व खुशी र आदन्द बोकेर ल्याइदिएको छ। उनले भने-

         "हामीलाई स्वायत्त प्रदेशले स‍धैं विभिन्न महोत्सव वा गतिविधिमा भाग लिन निम्त्याउँछ। अभिनय गरेपछि हामीलाई निरीक्षण गर्न र पूजा गर्न पठाउँछ। हामीकहाँका केही बृद्ध मानिसहरु कहिले पनि सबै गुम्बा पुगेका छैनन। तर हामी पुगेर आएका छौं। हामीलाई ज्यादै आत्म गौरव लागेको छ।

          लोपोन्मुख लोक संस्कृतिलाई बचाउनका लागि ट्रेन्गो "चो ऊ नाच" लाई सन 1996 मा चिनियाँ राज्य परिषद्‍ले पहिलो खेपको राष्ट्र स्तरीय गैर भौतिक सांस्कृतिक सम्पदाको नाउँ सूचिमा राखेको थियो। शान नान को‍गा जिल्लाका सांस्कृतिक विभागीय प्रमुख छ्याँगपाले भन्नुभयो-

          "यसलाई राष्ट्र स्तरीय गैर भौतिक सांस्कृतिक सम्पदाको नाउँ सूचिमा राखिएपछि सरकारले ट्रेन्गो "चो ऊ नाच" को संरक्षण कार्यमा थप लगानी लगाउँदै आएको छ। अहिले "चो ऊ नाच" मण्डलीका सदस्यहरुको स‍ंख्या बढेर एक सय साठीजनाभन्दा बढी पुगिसक्यो। नाचलाई झन आकर्षक बनाउनका लागि हामीले अभिनेत्रीलाई पनि भर्ना गर्न लागेका छौं"।

          तिब्बतको प्रजातान्त्रिक सुधार हुनुअघि "चो ऊ नाच" खालि गुम्बा वा तिब्बती स्थानीय सरकारबाट आयोजित विभिन्न ठूलो ढाँचे हर्ष बढाइंका गतिविधिमा मात्र नाचिन्थ्यो। अरु वेलामा त्यसै नाच गर्न पाइंदैनथ्यो। तर आज आएर मानिसहरु आफू खुशी खेतको डीलमा वा गाउँको चोकमा खेतीपातीपछि दिल फुकाएर "चो ऊ नाच" नाच्नु तिब्बतका गाउँघरमा सामान्य देखिने एक आकर्षक दृश्य बनेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह