फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा छिङ्ग हाइको भूकम्पको उद्धार कार्य

(GMT+08:00) 2010-04-14 19:13:07

       छिङ्गहाइ प्रान्त सरकारले आज मध्यान्हमा एक पत्रकार सम्मेलनको आयोजना गरी दिउँसो एक बजेसम्म छिङ्गहाइ प्रान्तको युशु तिब्बती प्रशासकीय क्षेत्रमा गएको भूकम्पमा परी कम्तिमा तीन सय जनाको मृत्यु भएको तथा आठ हजार जना घाइते भएको बताएको छ।

      त्यसका लागि विदेशको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र चीनका प्रधानमन्त्री वन् च्या पाउले बेग्ला बेग्लै वक्तव्य जारी गरी सम्बन्धित उद्धार कार्य सकेसम्म छिटो गर्नका लागि आग्रह गर्नुभयो।

      उहाँहरुले भूकम्पमा परेका मानिसको उपचार गर्नका साथै भूकम्पको अनुगमन तथा पूर्व अनुमान लगाई भूकम्प क्षेत्रको स्थीरताको संरक्षण गर्न आग्रह गर्नुभयो। भूकम्प पीडितहरुलाई सान्त्वना व्यक्त गर्न र सम्बन्धित उद्धार कार्यको निर्देशनका लागि चीनका उप-प्रधानमन्त्री ह्वी ल्याङ्ग यु आज दिउँसो त्यहाँ पुग्नुभयो।

 

       भूकम्प गएपछि छिङ्ग हाइ प्रान्तका सरकारी अधिकारी तथा सेनाहरुले तुरुन्तै उद्धार शुरु गरेका थिए। सैनिक, सशस्त्र प्रहरी र चिकित्सक लगायत पाँच हजार जनाभन्दा बढीको उपचार टोली भूकम्प क्षेत्रमा पुगेका छन। तिब्बत स्वायत प्रदेशले पनि उद्धार टोलीलाई पठाएकोछ। पेइचिँगको 110 जना सम्मिलित राष्ट्रिय भूकम्प उद्धार टोली तथा छङ्ग तुका 100जना भएको खनिज अन्वेषण टोली पनि छिङ्ग हाइतर्फ प्रस्थान गरेको छ।

       चीनको राष्ट्रिय विकास तथा सुधार समितिले आज यु शु क्षेत्रको उद्धार र पुनःनिर्माणका लागि पाँच करोड चिनियाँ युआन प्रदान गरेको छ। चीनको राष्ट्रिय प्रकोप निवारण समिति र नागरिक मामिला मन्त्रायलले पनि उद्धारका लागि छिङ्ग हाइलाई सम्बन्धित सामान पठाएको छ। साथै चिनियाँ रेडक्रस सोसाइटीले पाल, सिरक, बाक्लो लुगा लगायत एघार लाख चिनियाँ युआन बराबरको उद्धार सामग्री पठाएको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह