फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उप प्रधानमन्त्री व्है ल्याङ यूद्बारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य र घाइते भएकाहरुकाको स्थानान्तर कार्य तीव् रूपमा गर्नुपर्ने आदेश

(GMT+08:00) 2010-04-15 17:05:04

         चिनियाँ उप प्रधानमन्त्री एवँ चिनियाँ राज्य परिषद्‍अन्तर्गत भूकम्प प्रतिरोध र प्रकोपबाट बचाऊ निर्देशनालयका प्रधान निर्देशक व्है ल्याङ यूले आज र भोलि दुइ दिनमा भग्नावशेषमुनि पुरिएका मानिसहरु र सख्त घाइते भएका सम्पूर्णलाई अन्तै स्थानान्तर गर्न भन्दै उद्धार टोलीहरुलाई भएभरको शक्ति लगाएर प्राणलाई बचाउनुपर्ने र हुन सक्ने तरीकाबाट घाइते भएकाहरुलाई अन्तै सार्नुपर्ने र प्रकोप प्रभावित क्षेत्रका नरनारीहरुको दैनिक जीवनयापनलाई राम्ररी मिलाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

           उहाँले पन्ध्र तारिखका दिन अति नराम्ररी प्रकोपग्रस्त भएको छिंग हाई प्रान्तको यु शु स्वायत्त प्रशासकीय क्षेत्रको सदरमुकाम रहेको ची कु बस्तीको निरीक्षण गर्दै भूकम्प प्रतिरोध र प्रकोपबाट बचाऊ सम्बन्धी कार्यको निर्देशन दिनुहुने क्रममा उक्त आदेश दिनुभएको हो।

             हाल प्रकोप प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह