फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न पक्ष भूकम्प उद्धारमा

(GMT+08:00) 2010-04-15 17:06:06

     चीनको नागरिक मामिला मन्त्रालयअन्तर्गत प्रकोप उद्धार विभागका प्रमुख चौ मिङ्गले आज पेइचिँगमा बोल्दै छिङ्ग हाइ प्रान्तको यु शुमा भूकम्प गएपछि चीनका विभिन्न क्षेत्रले तुरुन्तै छिङ्ग हाइलाई सहयोग दिएर उद्धारमा ठूलो समर्थन दिएको कुरा व्यक्त गर्नुभयो।

   चीनको राज्य परिषदको प्रेस कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, चीनको राष्ट्रिय प्रकोप निवारण समिति र नागरिक मामिला मन्त्रालयले राष्ट्रिय प्रकोप उद्धार सम्बन्धी सर्वोच्च प्रतिक्रिया शुरु गर्नुका साथै चीनको केन्द्रिय वित्तले पनि बीस करोड आर एम बी बराबरको रकम प्रदान गरेको छ।

      साथै नागरिक मामिला मन्त्रालयले थ्यान चिन र शन याङ्ग आदि शहरबाट सम्बन्धित उद्धार सामान पठाएर पीडितलाई सहयोग गरेको छ। पेइचिङ्ग, शाङ्ग हाइ, क्वाङ्ग सि, ल्याउ निङ्ग आदि प्रान्तले सक्रियताको साथ रकम र सामान प्रदान गरी उद्धारमा साथ दिएकोछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह