फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पप्रकोप क्षेत्रमा धेरै उद्धार सामान र उद्धारकर्ता पठाइएको

(GMT+08:00) 2010-04-16 20:05:04

      छिङ्ग हाइको यु शुमा भूकम्प गएपछि चीनको नागरिक मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय, रेल मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय अन्न ब्युरोले केही दिनदेखि जरुरी रुपमा त्यहाँ धेरै उद्धार सामान र उद्धारकर्ता पठाएको छ।

      चीनको नागरिक मामिला मन्त्रालयले आज बीस हजार थान पाल, पचास हजार थान बाक्लो कोट र पचास थान सिरक पठाइसकेको छ।

      चीनको स्वास्थ्य मन्त्रालयले सबैभन्दा राम्रा चिकित्सकहरू र साधन-स्रोत पठाएर प्रकोपग्रस्त क्षेत्रको रोग निवारण कार्य राम्रोसँग गर्ने कुरा व्यक्त गरेको छ। आज सोह्र तारिख बिहानसम्म पेइचिँग, क्वाँग तुँग, सि छ्वान आदि क्षेत्रका स्वास्थ्य मन्त्रालयको चिकित्सा टोलीका 1,618 जना पठाइएका छन्।

      चीनको रेल मन्त्रालयलका अनुसार आज दिउँसो दुई बजेसम्म सोह्र वटा रेलमा उद्धार सामग्री पठाइएका छन्।

      यसबाहेक, चीनको नागरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय अन्न व्युरोले आज संयुक्त रुपमा जरुरी सूचना प्रकाशित गरी प्रकोपपीडित मानिसलाई आधारभूत जीवनसम्बन्धी समस्याको समाधान गर्नका लागि उनीहरुलाई जीवनसंबन्धी अस्थायी सहायता दिने निर्णय दिएको कुरा बताएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह