फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उद्धारकर्ताहरुद्बारा यु शु जिल्लामा गएको भूकम्पमा वेपत्ता मानिसहरुको खोज तलाशी क्रम जारी

(GMT+08:00) 2010-04-17 19:23:36

       सत्र तारिख बिहान सात बजेर उनान्चालीस मिनेट जाँदा पश्चिम चीनको छिङ हाई प्रान्तको यु शु तिब्बती स्वायत्त प्रिफेक्चरको यु शु जिल्लामा उत्पन्न भएको सात दशमलब एक रेक्टर स्केलको भुइँचालोदेखि ठ्याक्कै तीन दिन बितेर गइसकेको छ। हुन त उद्धार गर्ने सुनौलो समय ठानिने बहत्तर घण्टा त बितिसकेको छ तापनि सम्बन्धित विभागले अझै पनि भग्नावशेषमुनि पुरिएका मानिसलाई खोज तलाशी गर्ने क्रम जारी नै रहेको छ। साथै घाइतेहरुको उपचार गर्ने र स्थानान्तर गर्ने तथा प्रकोप प्रभावित सर्वसाधारण नरनारीहरुलाई बन्दोबस्त मिलाउने कार्य जोडतोडसँग र व्यवस्थित रुपमा चलिरहेकोछ।

      सोह्र तारिख दिउँसो पाँच बजेसम्म छिङ हाई प्रान्तको यु शु जिल्लामा गएको भूकम्पबाट एक हजार एक सय चवालीसजना व्यक्तिले ज्यान गुमाउनुपरेको छ। चार सय सत्रजना वेपत्ता भएका छन् र एघार हजार सात सय चवालीसजना घाइते भएका छन्। भूइँचालो विशेषज्ञले गर्नुभएको संयुक्त जाँचबुजअनुसार प्रकोपग्रस्त ठाउँको क्षेत्रफल बीस हजार वर्गकीलोमीटर छ। यसमध्ये प्रकोपबाट ज्यादै ग्रस्त भएको ठाउँको क्षेत्रफल चार हजार वर्गकिलोमीटर पुगेको छ।

       हाम्रा पत्रकारले सत्र तारिखका दिन अति नराम्ररी प्रकोपग्रस्त क्षेत्र अर्थात यु शु जिल्लाको ची कु बस्तीको उद्धारस्थल पुगेका छन्।

     "अहिले म यु शु जिल्लाको ची कु बस्तीको केन्द्रमा उभ्याइएको एक उद्धार स्थलमा छु। उद्धारकहरुले भग्नावशेषमा निकै कठोरताका साथ उद्धार कार्य चलाइरहेका छन्"।

       सत्र तारिखसम्म चिनियाँ जनमुक्ति सेना र सशस्त्र प्रहरी सेनाले पठाएका जम्मा बाह्र हजारभन्दा बढी जवानहरुले भग्नावशेषमुनि पुरिएका एक हजार त्रिपन्नजना नरनारीहरुलाई खोतलेर बचाएका र तीन हजार आठ सय एकतीसजना घाइतेहरुलाई उपचार गरेका छन्। यसका साथै सार्वजनिक सुरक्षा दमकल फौजले पठाएका एक हजारभन्दा बढी जवानहरुले बीसवटा उद्धार टोली बाँधेर उद्धार कार्य गरिरहेका छन्। चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले प्राणको जोडदार उद्धार गर भन्ने आदेश दिएको छ। जसले उद्धार कार्यमा लाग्ने सबै प्रहरीहरुलाई अबिलम्ब नै प्राणको जोडदार उद्धार गर्दै लेशमात्र आशा रहे पनि कदापि नछोड्ने गरी मानिसलाई भरमग्दुरका साथ बचाउनुपर्ने आव्हान् गरेको छ।

        यसका साथै घाइते भएकाहरु र विरामीलाई ओखती उपचार गर्ने कार्य पनि धुमधामसँग भइरहेको छ। सोह्र तारिख दिउँसो पाँच बजेसम्म पाँच हजार आठ सय असीजना चिकित्सकहरुबाट गठित तीसवटा चिकित्सा टोलीहरु प्रकोप प्रभावित क्षेत्रमा व्यस्त छन्। स्थानीय चिकित्सा सुविधा पिछडिएको कारण चीनको राजमार्ग, रेलमार्ग र नागरिक वायुसेवा कम्पनीले एम्बुलेन्स, घाइते बोक्ने विशेष रेलगाडी र विमानहरुले बेलैमा सख्त घाइतेहरुलाई वरिपरिका प्रान्त र शहरमा उपचार गर्न पठाएका छन्।

       चिनियाँ नागरिक वायुसेवा व्युरोका उप प्रमुख श्या शिंग व्हाले भन्नुभयो-

     "पन्ध्र तारिख दिउँसो एक बजेदेखि धेरै सख्त घाइते भएकालाई धुमधामसँग प्रकोपग्रस्त क्षेत्रबाट विमानस्थल ल्याइएका छन्। कुनै कुनै घाइतेको विमानस्थलमा पुग्नासाथ नै ज्यान गएको छ। त्यसैले हामीले जति सक्दो चाँडो घाइतेलाई अन्तै उपचार गर्न पठाउनुपर्छ"।

      विमानस्थलको सुरक्षा र उच्च प्रभावकारी कार्यलाई प्रत्याभूति दिनका लागि सम्बन्धित विभागले देशभरिका अरु ठाउँबाट व्यवसायिक व्यक्तिहरु र प्रबन्धहरु प्रकोप प्रभावित क्षेत्रतिर पठाएका छन्। स्थल ढुवानीको क्षेत्रमा प्रकोप प्रभावित क्षेत्रतर्फ जाने मुख्य बाटोलाई हाल सुचारु बनाइएको छ। चिनियाँ उप यातायात ढुवानी मन्त्री काउ होंग फंगले भनुभयो-

     "यु शु क्षेत्र समुद्री सतहदेखि उच्च ठाउँमा पर्दछ त्यहाँको प्राकृतिक स्थिति निकै खराब छ। मौसम सम्बन्धी विवरणका अनुसार आउने केही दिनभित्र अझै पानी र हिउँ पर्नेछ। यसले गर्दा हाम्रो ढुवानी कार्यका लागि झन कठिन हुनेछ। तर हाम्रो राजमार्ग विभागलाई यसमाथि विजय पाउने प्रशस्त अनुभव छ र यस कार्यलाई राम्ररी पूरा गर्न सक्षम छन्।

      हाल पाल, अन्नपात, सिरक र कपास लुगा जस्ता दैनिक उपयोगी सामग्रीहरु चीनभरिका विभिन्न ठाउँबाट धुमधामसँग प्रकोप प्रभावित क्षेत्रतर्फ गइरहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह