फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पबाट प्रकोपग्रस्त यु शु क्षेत्रमा भूकम्प प्रतिरोध र उद्धार गर्ने काममा निर्देशन गर्न चीनका राष्ट्राध्यक्ष हु चिन थाउ

(GMT+08:00) 2010-04-19 10:32:14
               चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो विहान भूकम्पबाट प्रकोपग्रस्त यु शु क्षेत्रमा जानुभएको हाम्रा सम्बाददाताले जनाएका छन्। प्रकोपग्रस्त क्षेत्रका पदाधिकारी र सर्वसाधारणहरु हेरचाह गर्न तथा त्यहाँको भूकम्पको प्रतिरोध र उद्धार गर्ने काममा निर्देशन गर्नु नै उहाँको यस पटकको यात्राको मुख्य उद्देश्य रहेको छ।

               चीनको छिङ्गहाई प्रान्तको यु शु तिव्बत जात्तीय स्वायत्त क्षेत्रको यु शु जिल्लामा चौध तारिख 7.1 स्केलको ठूलो भूकम्प गएको थियो। यसअघि राष्ट्राध्यक्ष हुले वाशिङटनमा आयोजित आणविक सुरक्षा शिखर सम्मेलनमा भाग लिनुभयो र ब्राजिलमा आयोजित ब्रिकका चार मुलुकका नेतागणहरु बीचको दोस्रो औपचारिक सम्मेलनमा भाग लिनुका साथै त्यहाँको राजकीय भ्रमण पनि गर्नुभएको थियो। यस महिनाको सत्र तारिख दिउँसो उहाँ यहिँ कामकाज समाप्त गर्नुभएपछि समयमै स्वदेशमा फर्कनुभयो र आज विहान तीन घण्टाको वायु यात्रा गर्नुभएपछि समुद्रको तहदेखि चार हजार उचाई रहेको यु शु पा थाङ्ग विमान स्थलमा पुग्नुभयो। गाडि सवारीपछि उहाँ प्रकोपग्रस्त क्षेत्रमा पुग्नुभएपछि त्यहाँका एक जना तिव्बती गाउँलेको हात लिएर भन्नुभयो—

                हामि भूकम्पबाट विपतिमा परेका मानिसहरुलाई उद्धार गर्न प्रयास गर्नेछौं। मानिसलाई उद्धार गर्नुमा केही अलि मौका रहेको छ भने हामी सक्दो प्रयास गर्नेछौं।

                चा सि ता थुन गाउँमा पहिलेका ६ सयभन्दा बढी गाउँलेहरु छन्। यस पटकको भूकम्पमा परी एक सय बीस जनाको मृत्यु भयो भने बहत्तर जना अज्ञात छन् र एक सयभन्दा बढी घाइते भएका छन्। राष्ट्राध्यक्ष हुले प्रकोपमा परेका मानिसहरुको जिवित अवस्थाबारे थाहा पाउनका लागि अस्थायी क्याम्पमा पनि जानुभयो। त्यहाँ बस्ने एक जना तिव्बती गाउँलेले जानकारी दिंदै भन्यो, अब खाने र लुगा लगाउने समस्या छैन, तर भविष्यमा बस्ने आबासको समस्या र बाल-बालिकाको पढाई सम्बन्धित समस्यामाथि चिन्ता लागेको छ। उक्त कुरा सुन्नुभएपछि राष्ट्राध्यक्ष हुले भन्नुभयो—

                तपाईंले भर्खरै भन्नुभएको दुईटा चिन्तामा छ नी, मैले वचनबद्धता दिन चाहन्छु। सर्वप्रथन, चिनियाँ कम्युनिष्ट पार्टि र चीन सरकारले सर्वसाधारणहरुका लागि नयाँ आबासको निर्माण गर्न सघाउ दिने छ, दोस्रो कुरा के हो भने, बाल-बालिकाहरुलाई समयमै पढ्न दिनका लागि सरकारले प्रयास गर्ने छ।

                प्रकोपमा परेका मानिसहरु बीच बस्नुहुँदा राष्ट्राध्यक्ष हुले उहाँहरुलाई प्रेरणा दिनुभयो, भूकम्प प्रतिरोध तथा उद्धार दिने काममा विजय हासिल गर्नेछौं, नयाँ आबास निर्माण गर्न सक्छौं।

                चा सि ता थु गाउँको भ्रमण गर्नुभएपछि राष्ट्राध्यक्ष हु यु शु खेलकूद मैदानमा जानुभयो। त्यहाँ भूकम्पबाट घाइतेहरुलाई अकस्मात चिकित्सा दिने केन्द्र स्थापित गरेको थियो। राष्ट्राध्यक्ष हुले चिकित्सा क्यम्पमा गएपछि त्यहाँ घाइतेहरुलाई हेर्नु भयो। भूकम्पबाट घाइतेभएका माध्यमिक स्कूलका तिव्बती विद्यार्थी चुओ मा रुन लागेकी देख्नुभएपछि राष्ट्राध्यक्ष हुले भन्नुभयो—

                 तिमी एक जना राम्रो बालिका हो र एक जना शाहसि बालिका हो, तिम्रो उज्यालो भविष्य हुने छ, भूकम्पभएतापनि आफ्नो सकंल्प मनमा राख्नुपर्छ। राम्रोसँग उपचार लिनुहोस् ।

                 त्यसपछि राष्ट्राध्यक्ष हु यु शु टुहुरा स्कूलमा जानुभयो र त्यहाँ पढ्ने बाल-बालिकालाई हेरचाह गर्ने उहाँको उद्देश्य रहेको छ। राष्ट्राध्यक्ष हुले एउटा चक लिएर कालो भित्तामा केहि अक्षर लेख्नुभयो, नयाँ स्कूलको निर्माण गरिने छ, नयाँ आबास क्षेत्रको पनि। यी अक्षर लेख्नुभएपछि राष्ट्राध्यक्ष हुले बाल-बालिकाहरुसँगसँगै वाचन गर्नुभयो—

                  नयाँ स्कूलको निर्माण गरिने छ, नयाँ आबास क्षेत्रको पनि

                 राष्ट्राध्यक्ष हुले दिनुभएको प्रेरणा सुनेपछि विद्यार्थी तु चौ बा सुनले भनिन्

                 राष्ट्राध्यक्ष हुले हाम्रो लागी केही अक्षर लेख्नुभयो। नयाँ स्कूलको निर्माण गरिने छ, नयाँ आबास क्षेत्रको पनि। हामीलाई निकै नै खुसि लाग्यो।

                चीनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, हाल भूकम्पबाट प्रकोपग्रस्त क्षेत्रका सबै व्यक्तिहरु क्याम्पमा बस्न पाएका छन् र उहाँहरुलाई खाना र पिउने पानीमा समस्या छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह