फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु शु भूकम्पको प्रतिरोध तथा प्रकोपको उद्धारबाट अकस्मात उत्पन्न भएको घटनाको प्रतिरोध गर्नमा चीनको क्षमता बढ्दै आएको देखिन्छ

(GMT+08:00) 2010-04-20 18:46:20
               अप्रिल चौध तारिख विहान सात बजेर उनन्चास मिनेट जाँदा चीनको छिङ्ग हाई प्रान्तको यु शु तिव्बत जातीय स्वायत्त क्षेत्रको यु शु जिल्लामा सात दशमलब एक स्केलको गम्भिर भूकम्प गएको थियो। त्यसपछिको बहत्तर घण्टाभित्र चीन सरकारले त्यहाँको उद्धार गर्ने काममा पन्ध्र हजारभन्दा बढि व्यक्तिलाई पठाएको र यिनीहरुले प्रकोपमा परेका सत्र हजारभन्दा बढि व्यक्तिलाई उद्धार गरेका छन्। प्रकोपमा परेकाहरु क्याम्पमा बस्न पाएका छन्, खाना खान पाउँछन्, सफा पानी पिउन पाउँछन् र रोग लाग्यो भने उपचार लिन पाउँछन्। हाल त्यहाँ उद्धार सम्बन्धित विभिन्न काम सुचारु रुपमा चलिरहेको छ। जसबाट अकस्मात उत्पन्न हुने घटनाको प्रतिरोध गर्न चीनको क्षमता बढ्दै आएको देखिन्छ।

                 दुई वर्षअघि चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा गम्भिर भूकम्प गएको थियो। त्यसपछि चीन सरकारले समयमै त्यहाँ उद्धार सम्बन्धित काम चलाएको थियो र विश्व समुदायले यसमाथि उच्च प्रशंसा गरेका थिए। चीन सरकारले यस पटकको दुर्घटनामा अझ छिटै प्रतिरोध गरेको कुरा थाहा पाएपछि विश्व समुदायले चीनको धेरै नै उच्च प्रशंसा गरेका छन् । यु शु जिल्लामा भूकम्प भएको बीस मिनेटपछि चीनको भूकम्प व्युरोले उक्त सुचना चीनको राज्य परिषद्लाई बताएको थियो। चीनको राज्य परिषद्ले समयमै भूकम्पको प्रतिरोध र प्रकोपको उद्धार गर्ने केन्द्रलाई गठन गरेको थियो र उक्त केन्द्रका पदाधिकारीहरुले सोहि दिनको मध्यान्हमा प्रकोपग्रस्त क्षेत्रमा निर्देशन गर्न गएका थिए। यसका साथै गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, यातायात मन्त्रालय र रेल मन्त्रालय आदि उद्धार सम्बन्धित मन्त्रालयले अकस्मात उत्पन्नभएको दुर्घटनाको प्रतिरोध गर्ने व्यवस्था गरी त्यहाँ तुरुन्तै उद्धार गर्ने काम शुरु गरेको थियो। भूकम्पपछि चौबीस घण्टाभित्र प्रकोपग्रस्त क्षेत्रको यातायात र सञ्चार सुचना पून शुरु भइसकेको, अठचालिस घण्टामा विद्युतको समस्यालाई समाधान गरेको र भूकम्पमा परेका सर्वसाधारणलाई क्याम्पमा बस्न व्यवस्था गरियो, बहत्तर घण्टामा गम्भिर घाइतेहरुलाई बाहिर चिकित्सालयमा लगियो।

                       यस पटकको भूकम्प प्रतिरोध तथा प्रकोप उद्धार गर्ने कामलाई हेर्दा अकस्मात उत्पन्न भएको घटनाको प्रतिरोध गर्ने चीनको क्षमता बढ्दै आएको देखिन्छ। दुर्घटना क्षेत्रमा चिनियाँहरुले हातमा हात मिलाएर राम्रोसँग व्यवस्था र समन्वय गरेका छन्। भूकम्पपछि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आफ्नो विदेश भ्रमण रोकेर"यस्तो कठिनाईको बेलामा आफ्ना जनताहरुसँग बस्ने निर्णय" गर्नुभयो। चीनको राज्य परिषद्का प्रधानमन्त्री वन च्या पाउले विदेश जाने आफ्नो मितिलाई पछि सारेर समयमै प्रकोपग्रस्त क्षेत्रमा जानुभयो। समयसँग प्रतिस्पर्धा गरेर भूकम्पमा परेका जनताहरुलाई संकल्प र शाहस दिने उहाँको उद्देश्य रहेको छ। यसका साथै, छुङ्गछिङ्ग शहर, यु नान प्रान्त, सिङ्गच्याङ्ग युगुर स्वायत्त प्रदेश, निनस्या व्ही स्वायत्त प्रदेश र थ्येनचिङ्ग शहरले समयमै उद्धार टोलीलाई त्यहाँ पठाएका थिए। चिनियाँ मुक्ति सेना, सशस्त्र प्रहरी, प्रकोपको उद्धार तथा चिकित्सक टोली, स्वयंम सेवकहरु छिटोभन्दा छिटो गरी त्यहाँ गएका थिए।

                   यस पटकको भूकम्प प्रतिरोध र प्रकोप उद्धार गर्ने कामले अकस्मात उत्पन्न भएको दुर्घटनाको समाधानमा चीन सरकार र जनता अझै संयम भएको देखिन्छ। भूकम्पपछि छिङ्गहाई प्रान्तको भूकम्प व्युरो टोली, अकस्मात उत्पन्न भएको दुर्घटना प्रतिरोध गर्ने छिङ्गहाई प्रान्तको उद्धार टोली, छिङ्गहाई प्रान्तको गृह व्युरो र छिङ्गहाई प्रान्तको सशस्त्र प्रहरी व्युरो विभिन्न ठाउँबाट यु शु जिल्ला तर्फ गएका थिए। साथै यु शु क्षेत्रको सरकारले सेना, अस्पताल र सरकारी अधिकारीहरु आफैले सञ्चालन गरी उद्धार गर्न शुरु गरेको थियो। यस बाहेक भूकम्पमा केहि नभएका व्यक्तिहरुले भूकम्प पीडितहरुलाई उद्धार गरेका थिए, क्याम्पको स्थापना गरेका थिए र केही मान्छेले आफ्नो सवारी साधनबाट घाइतेहरुलाई अरु ठाउँमा उपचार गर्न पठाएका थिए।

                    श्री फ्रेडरिक एङ्गलसको एउटा भनाई छ, चलाख जातीले प्रकोपबाट बढी अनुभव हासिल गर्न सकिन्छ। सन् 2003मा चीनमा सार्स फैलिएदेखि सन् 2008को वन छुआन जिल्लाको गम्भिर भूकम्पसम्म र यस पटकको यु शुमा भएको गम्भिर भूकम्प लगायत चीन सरकारले अकस्मात उत्पन्नभएको घटना राम्रोसँग प्रतिरोध गर्दै आएको छ र त्यसलाई समाधान गर्ने क्षमता बढ्दै आएको देखिन्छ। कसरि यस्तो प्रगति हासिल गर्‌यो? प्रकोपबाट चीनले सिक्दै आएको छ र चीनको आर्थिक समाज विकास हुँदै आएको छ। यसका साथै हाम्रो ऐन-कानूनको आधार बलियो हुँदै आएको छ, व्यवस्थाको प्रत्याभूति राम्रो हुँदै आएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह