फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु शु जिल्लाको भूकम्पमा परि मृत्युहुनेहरुकाको सम्झनामा चीनभरि शोक श्रद्धान्जली कार्यक्रम

(GMT+08:00) 2010-04-21 20:31:20
                 यस महिनाको चौध तारिखका दिन चीनको छिङ्गहाई प्रान्तको यु शु मा भूकम्प गएको हो। यसमा परि बाह्र हजारभन्दा बढि घाइते भएका छन्। एक हप्तापछि चीनको राज्य परिषद्ले आज सन् दुई हजार दशको अप्रिल एकाईस तारिखका दिनमा समस्त मुलुकमा शोक श्रद्धान्जली कार्यक्रमको आयोजना गर्ने निर्णयलाई सार्वजनिक गरेको थियो। भूकम्पमा परेका छिङ्गहाई प्रान्तको यु शु क्षेत्रका मृतकहरुका लागि चीनका विभिन्न जातीका जनताहरुले शोक श्रद्धान्जली व्यक्त गर्न नै उक्त कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य रहेको छ। शोक श्रद्धान्जली व्यक्त गर्नका लागि चीनभरि र विदेशस्थित चिनियाँ दूताबासहरुले चीनको राष्ट्रिय झण्डालाई आधा झुकाउने र साझा मनोरञ्जनका कार्यक्रम पनि सञ्चालनमा रोक लगाएको छ। सन् 2008मा चीनको वन छुआन जिल्लाको भूकम्पमा परेका मृतकहरुका लागि आयोजित शोक श्रद्धान्जली कार्यक्रमपछि यो समस्त मुलुकमा पहिलो पटकको शोक श्रद्धान्जली कार्यक्रम हो।

                  आज विहान सवेरै पैचिङ्गमा पर्ने थ्ये आन मन चोकमा चीनको राष्ट्रिय गीत बजाउँदै पाँच तारे राष्ट्रिय झण्डा विस्तारै उ माथि पुगेपछि फेरि आधा झुकाइएको हो। यु शुको भूकम्पमा परेका मृतकहरुका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।

                  आज विहान दश बजे छिङ्गहाई प्रान्तका विभिन्न ठाउँका गाडि तथा रेलहरुले लामो समयसम्म हरण बजाएका छन् र वायु आक्रमण प्रतिरोधी चेतावनी हरण पनि बजाएका छन्। श्री हु चिन थाउ, च्याङ्ग च मिङ्ग, उ पाङ्ग को र वन् च्या पाउ लगायतका चीनका नेतागणहरुले सबै चिनियाँ जनताहरुसँग मृतकहरुका लागि शोक श्रद्धान्जली व्यक्त गरेका छन्। राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयो—

                  छिङ्गहाई प्रान्तको यु शु जिल्लामा स्वर्गे भएका सबै देशबन्धुहरुलाई शोक श्रद्धान्जली व्यक्त गर्नका लागि अब सबै उभिन्नुहोस्, यु शु जिल्लामा स्वर्ग गएका सबै देशबन्धुहरुका लागि मौनधारण गरौं।

                  आज यस पटकको भूकम्पबाट गम्भिर क्षति भएको क्षेत्र, यु शु जिल्लाको च्ये कु बस्तिमा हजारौं तिव्बती र हान जातीका सर्वसाधारणहरुले उद्धार गर्ने व्यक्तिहरुसँगसँगै मृतकहरुका लागि मौनधारण गरेका छन्। साठि वर्ष नाघेका बृद्धा पु छ्यौं चो मा सर्वसाधारणको अगाडि उभिनुहुन्छ। र धेरै नै दुःख मान्दै भन्नुभयो—

                 धेरैजसो मानिसको ज्यान गयो। मेरा छिमेकी पनि यहि भूकम्पमा परि सबै मरे। मलाई धेरै नै दुःख लाग्यो, म यहाँ आएर उहाँहरुका लागि मौनधारण गर्छु, उहाँहरुलाई सम्झना गर्छु।

चवन्न वर्षीय हान जातीय महिला लि च्ये यिङ्गले भन्नुभयो—

                 मैले बस्ने आबास ध्वस्त भएको छैन, हरेक दिन मैले घरमा बसेर केही दियो बत्ति बाल्छु, मृतकहरुका लागि आफ्नो दुःख व्यक्त गर्न बालेको हुँ।

                 आज चीनको विभिन्न ठाउँमा पर्ने स्कुल, चोक र बसोबास क्षेत्रमा विभिन्न जाति र विभिन्न उमेरका व्यक्तिहरुले आशिर्बाद दिने र चन्दा दिने तवरबाट आफ्नो शोक श्रद्धान्जली व्यक्त गरेका छन्।

                 छिङ्गहाई प्रान्तको सदरमुकाम शहर सि निङ्ग शहरको सिन निङ्ग चोकमा दश हजारभन्दा बढि सर्वसाधारणहरु एकिकृत भई मृतकहरुका लागि गहिरो शोक श्रद्धान्जली व्यक्त गरेका छन्।

                 आज परिक्षण रुपमा चलिरहेको शाङ्गहाई विश्व एकस्पोले सबै मनोरञ्जनका कार्यक्रमलाई हटाएको छ। यसमा प्रदर्शन गर्ने छिङ्गहाई प्रान्तको प्रदर्शन भवनमा यु शु भूकम्पमा परेका मृतकहरुका लागि पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम आयोजना गर्‌यो।

                 चीनको याङ्ग सि नदीको मुहानदेखि धेरै टाढा रहेको व्हान फु च्याङ्ग नदिको किनारमा हामी छिङ्गहाई प्रदर्शनी भवनका सबै कर्मचारीहरुले आफ्नो दुःख र शोक श्रद्धान्जली व्यक्त गर्न लागेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह