फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निजामती प्रशासन मन्त्रालयद्वारा यु शु प्रकोपग्रस्त क्षेत्रमा उद्धारक माल-सामानको वितरण कार्यलाई राम्ररी गर्न माग

(GMT+08:00) 2010-04-21 08:15:35
               चीनको निजामती प्रशासन मन्त्रालयले हिजो बीस तारिख राति एउटा जरुरी सूचना प्रकाशित गरी यु शु प्रकोपग्रस्त क्षेत्रमा उद्धारक माल-सामानको वितरण कार्यलाई राम्ररी गर्न छिड्ग हाई प्रान्तको निजामती प्रशासन विभागसँग माग गरेको छ। वितरण गरिन लागेका माल-सामानहरु सर्वप्रथम मृत्यु भएका र गम्भीर रुपमा घाइते भएका मानिसहरुका परिवार, गर्भवती-महिलाहरु, बच्चा-बच्ची, टुहुरा-टुहुरी, बूढा-बूढी र अपांगहरुलाई प्रदान गर्नुपर्छ भनिएको छ। विभिन्न खालका कार्यालयले पाएका चन्दारुपी रकम र माल-सामान मुख्य रुपमा प्रकोपग्रस्त क्षेत्रका मानिसको अत्यावश्यक बसोबास र जन्मथलोको पूनः निर्माणको कार्यमा प्रयोग गरिनुपर्छ भनीएको छ।

                उक्त सूचनाका अनुसार यी उद्धारक माल-सामान पाएपछि, छिट्टै नै नियम अनुसार वितरण गर्नुपर्छ। उद्धारक माल-सामान पाइएको र वितरण गरिएको अवस्थाबारे निर्धारित समय भित्रमा समाजसमक्ष सार्वजनिक गर्नुपर्छ, यी कार्यमाथि जनताले निगरानी गर्न पाउनुपर्छ भनी उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह