फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई विश्व एक्स्पोसम्बन्धी विभिन्न पक्षद्बारा भूकम्पबाट मर्नेहरूप्रति स्मृति

(GMT+08:00) 2010-04-21 16:45:29

              

                चीनको छिङ्हाई प्रान्तको यु शु क्षेत्रमा गएको भूकम्पबाट मृत्यु भएकाहरुलाई स्मृति गर्ने उद्देश्यले आज शाङ्गहाई विश्व एक्स्पोमा सहभागी हुने छिङ् हाई रङ्गशाला तथा साउदी अरबेली रङ्गशाला र विश्व एक्स्पो व्यूरो आदिका विभिन्न पक्षहरुले मौनधारण गर्ने, चन्दा उठाउने वा झण्डालाई आधा झुकाउने कार्यक्रमको आयोजना गरेका छन्। आज शाङ्गहाई विश्व एक्स्पोले सम्पूर्ण अभिनय कार्यक्रम पनि रद्द गरेको छ।

              

                  आज बिहान दशबजे शाङ्गहाई विश्व एक्स्पोमा सहभागी छिङ्हाई रङ्गशालामा मौनधारणको आयोजना गरियो। त्यसमा कार्यरत सबै कर्मचारीले फूल चढाएर यु शुमा गएको भूकम्पबाट मृत्यु भएका देशबन्धुलाई शोक तथा श्रद्धान्जलि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह