फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत स्वायत्त प्रदेशमा बसोबास गर्ने सर्वसाधारणद्बारा भूकम्पबाट मृतकहरुका लागि श्रद्धाञ्जलि

(GMT+08:00) 2010-04-21 16:12:39
                 छिङ्हाई प्रान्तको यु शु क्षेत्रमा गएको भूकम्पबाट मृत्यु भएकाहरुका लागि स्मृति गर्न आज चीनको तिब्बत स्वायत्त प्रदेशका विभिन्न सरकारी विभाग, संस्था र विद्यालय तथा आवास क्षेत्रमा आज राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ।

                 यु शुमा भूकम्प गएपछि तिब्बत स्वायत्त प्रदेशले समयमै आफ्नो उद्धार टोलीलाई प्रकोपग्रस्त क्षेत्रमा पठाएको थियो। यसका साथै तिब्बतले प्रकोपग्रस्त क्षेत्रमा सहायता प्रदान गर्न सामान तथा रकम चन्दा पनि उठाएको थियो। प्रकोपबाट प्रभावित सर्वसाधारणको जीवनका लागि तथा प्रकोपपछिको पुनःनिर्माणबारे विचार गरेर तिब्बतका थुप्रै सर्वसाधारणले आफू खुसी नून चियाँ आदि सामान किनेर प्रकोपग्रस्त क्षेत्रमा पठाएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह