फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रकोपग्रस्त यु शु क्षेत्रका सर्वसाधारणको विभिन्न अवस्था पूनर्तर्जुमा गर्ने क्रममा जातीय परम्परालाई सम्मान दिइ वैज्ञानिक रुपमा शुरु हुने चीनका गृह मन्त्रालयका अधिकारी

(GMT+08:00) 2010-04-22 19:41:01
                चीनको गृह मन्त्रालयका प्रवक्ता, प्रकोप उद्धार विभागका उप-प्रमुख भाङ्ग छन् मिङ्गले आज पैचिङ्गमा बोल्दै हाल छिङ्गहाई प्रान्तको यु शु क्षेत्रको भूकम्पमा परेका व्यक्तिहरुको विभिन्न अवस्था पुनर्तर्जुमा गर्ने काम चौतर्फी रुपमा शुरुभएको र माल-सामान प्रदान गर्ने कार्य राम्रोसँग चलिरहेको कुरा बताउनुभयो। यस कार्य सम्बन्धित विभिन्न विभागहरुले प्रकोपमा परेकाहरुको जातीय परम्परालाई सम्मान दिने र वैज्ञानिक रुपमा मिल्ने सिद्धान्त लिएर यिनीहरुको विभिन्न अवस्था पूनर्तर्जुमा गर्ने काम छिटोभन्दा छिटो गरिरहेको पनि श्री भाङ्गले जानकारी दिनुभयो। यसका साथै गृह मन्त्रालय र सम्बन्धित विभागहरुले यस महिनाको अन्तअघिनै प्रकोपमाथि प्रतिवेदन दिने काम सकाउने प्रयासमा छन्।

                 एकाईस तारिखको दिउँसो पाँच बजेसम्म चौध तारिखमा चीनको छिङ्गहाई प्रान्तको यु शु तिव्बत जातीय स्वायत्त क्षेत्रको यु शु जिल्लामा भएको सात दशमलब एक स्केलको गम्भिर भूकम्पमा परी दुई हजार एक सय त्रियासिको मृत्यु भइसकेको छ भने एक लाखभन्दा बढि यसबाट प्रभावित भएका छन्। श्री भाङ्गले जानकारी दिंदै भन्नुभयो, हालसम्म प्रकोपग्रस्त क्षेत्रमा उद्धार गर्नका लागि पचास हजार वटा क्याम्प, एक लाख साठि हजारभन्दा बढि वटा कपास हालिएको बाग्लो लुगा र दुई लाख जति वटा कपास हालिएको सिरक त्यहाँ पठाइसकेको छ, यस बाहेक धेरै इन्मर्जेन्सी लाइट, चामल, सफा पानी पनि। र केही दिनदेखि यता त्यहाँ परिरहेको वर्षा र हिउँ को कारणले प्रतिरोध गर्नका लागि गृह मन्त्रालयले सात हजार वटा सेक्ने विद्युतीय हिटर प्रदान गरेको छ। श्री भाङ्गले भन्नुभयो

              आकस्मिक अवधिमा प्रकोपमा परेकाहरुका लागि अस्थायी क्याम्प र खाना दिन मिल्छ। हाल प्रदान गरिएको क्याम्पको संख्याबाट हेर्दा त्यहाँका सबै पीडित बासिन्दाहरुको अस्थायी आबास छ र खाना पनि प्रशस्त छ। अन्तरिम अवधिमा, भनेको भूकम्पपछिको तीन महिनामा हामिले पीडित बासिन्दाहरुका लागि हरेक दिन दश युआन र आधा किलोको अन्न प्रदान गर्नेछौं।

                प्रकोपग्रस्त क्षेत्रमा उद्धार गर्ने काममा केही कठिनाई भइरहेको छ, यातायातको समस्या छ र समुद्र सतहदेखि धेरै अग्लो ठाउँको कारण अक्सिजनको पनि केही समस्या छ। तर उद्धार गर्ने व्यक्तिहरुले यहिं कठिनाईलाई पछ्याउँदै समयमै उद्धार माल-सामान त्यहाँ पठाएका छन्। श्री भाङ्ग छन् मिङ्गले पीडित बासिन्दाहरुको स्थायी रुपमा बसोबास गर्नका लागि प्रकोपग्रस्त क्षेत्रमा स्थायी आबास क्षेत्रको पूनर्निर्माणमा सरकारले सक्दो प्रयास गर्ने कुरा बताउनुभयो। त्यहाँका जनसङख्यामा त्रियान्नव्बे प्रतिशत तिव्बती जातीका बासिन्दा हुनुहुन्छ, त्यसैले उहाँहरुको जातीय परम्परामा सम्मान दिने आवश्यक्ता रहेको छ। श्री भाङ्गले अगाडी भन्नुभयो—

               सर्वप्रथम, उहाँहरुको जातीय परम्परामा सम्मान दिनुपर्छ र आफैलाई उद्धार गर्न प्रेरणा दिनुपर्छ। दोस्रो कुरा के हो भने, वैज्ञानिक रुपमा आबास क्षेत्रको तर्जुमा गर्नुपर्छ र तेस्रो कुरा छिटोभन्दा छिटो उहाँहरुको सामान्य जीवनको पून शुरूवातको लागि प्रयास गर्नुपर्छ । अन्तमा आबास क्षेत्रको सुरक्षा कायम राख्नुपर्छ।

                प्राप्त जानकारी अनुसार, विभिन्न पक्षहरुले प्रकोपलाई दिएको रकम स्कूल लगायतका विभिन्न सार्वजनिक आधारभूत प्रबन्धको निर्माणमा प्रयोग गरिनेछ र त्यसलाई पूनर्निर्माणको तर्जुमा गरिएको योजनापत्र अनुसार कार्यान्वयन गरिने छ। यसबाहेक प्रकोपग्रस्त क्षेत्रका विद्यार्थीहरुलाई छिट्टै स्कूलमा पढ्न दिने वातावरण पनि पीडित बासिन्दाको विभिन्न अवस्थाको पूनर्तर्जुमा गर्ने कामकाज मध्येको एक महत्व विषय रहेको छ। यस महिनाको अन्तअघि त्यहाँको सबै कक्षा पून शुरु हुने हाम्रा सम्बाददाताले छिङ्गहाई प्रान्तको शिक्षा व्युरोबाट जनाएको पनि बताएका छन्। हाम्रा सम्बाददाता वाङ्ग थाउले जानकारी दिंदै भन्नुभयो—

                छिङ्गहाई प्रान्तको शिक्षा व्युरोका उप प्रमुख छाई रान थाइले भूकम्पबाट प्रकोपग्रस्त क्षेत्रका सबै स्कुल यस महिनाको अन्तअघि सुचारु गर्ने अहिलेको महत्वपूर्ण काम रहेको बताउनुभयो। यसमध्ये यु शु जिल्लाको पहिलो जातीय माध्यमिक स्कुलको कक्षा शुरु भइसकेको छ। यु शु जिल्लाका माध्यमिक स्कुलका विद्यार्थीलाई पढ्नका लागि छिङ्गहाई प्रान्तले सि निङ्ग शहरमा पठाउने निर्णय गरेको छ र भोली पहिलो समुहका विद्यार्थी सि निङ्ग तर्फ जाने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह