फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको छिङ्ग हाई प्रान्तको यु शुमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको स्कूलमा पढाइ पुनःशुरु

(GMT+08:00) 2010-04-22 13:23:48

           

                   चीनको छिङ्ग हाई प्रान्तको शिक्षा विभागका उप-प्रमुख छाई राङ्ग थाईले आज 22 तारिखका दिन यु शुमा बोल्दै हालै चीनको छिङ्ग हाई प्रान्तको यु शुमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा स्कूलको कक्षा पुनःशुरु गरेको बताउनुभयो।

            

                   श्री छाईले बोल्दै यु शुमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा टुहुरा टुहुरीलाई 17 तारिखका दिन पहिलो कक्षा पुनःशुरु गरिएको र तिब्बती स्वायत्त क्षेत्रमा रहेको यु शु जिल्लाको पहिलो जातीय माध्यमिक स्कुलमा 18 तारिखका दिन कक्षा पुनःशुरु गरिएको भनेर बताउनुभयो। छिङ्ग हाई प्रान्तको शिक्षा विभागको बन्दोबस्तमा तिब्बती स्वायत्त क्षेत्रको यु शु जिल्लाका सबै उच्च माध्यमिक स्कूलहरुको तेस्रो श्रेणीले 23 तारिखका दिन कक्षा पुनःशुरु गरिने योजना छ। तथा अरु स्कूलहरु र श्रेणीहरु अप्रिल तीस तारिख अघि पुनःशुरु गरिने योजना रहेको पनि श्री छाईले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह