फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिड्ग हाई प्रान्तको यु शु प्रकोपग्रस्त क्षेत्रमा साठ्ठीवटा खुद्रा वाणिज्य केन्द्र पूनः शुरु

(GMT+08:00) 2010-04-22 16:22:43
                  हालै छिड्ग हाई प्रान्तको यु शु प्रकोपग्रस्त क्षेत्रमा करिब साठ्ठीवटा खुद्रा बिक्री केन्द्र पूनः शुरु भएको र खुद्रा व्यवसाय विस्तारै शुरु भएको छ।

                  छिड्ग हाई प्रान्तको वाणिज्य विभागका प्रमुख ह शाउ मिनले आज बाईस तारिखका दिन पत्रकार सम्मेलनमा बोल्दै यी खुद्रा केन्द्रले मुख्य रुपमा कपडा, टोपी आदि दैनिक जीवनमा चाहिने वस्तुहरुलाई बेच्ने र यी माल-सामानले प्रकोपग्रस्त जनताको आवश्यक्ताहरुलाई पूरा गर्नसक्ने कुरा बताउनुभयो।

                 उहाँका अनुसार प्रकोपग्रस्त क्षेत्रमा आजैदेखि घुम्ती बिक्री केन्द्रहरुको निर्माण गर्न लागेको र यसले प्रकोपग्रस्त क्षेत्रको अझ राम्ररी सेवा गर्ने छ भन्ने कुरा दाबी गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह