फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिड्ग हाई प्रान्तको यु शु प्रकोपग्रस्त क्षेत्रमा उद्धारक माल-सामान नियमपूर्वक वितरण गरिएको

(GMT+08:00) 2010-04-22 14:01:34

               

                छिड्ग हाई प्रान्तको प्रकोपको प्रतिरोध र उद्धार निर्देशनालयको जानकारी अनुसार हाल यु शु प्रकोपग्रस्त क्षेत्रमा उद्धारक माल-सामानहरु नियमपूर्वक वितरण गरिएका छन्।

              

                   प्राप्त जानकारीका अनुसार उचित व्यवस्थापन गर्नका लागि विभिन्न वितरण केन्द्रहरुले आ-आफ्नो टेलिफोन नम्बर सार्वजनिक गरेका छन्। सम्बन्धित जिम्मेवार व्यक्तिहरुले वितरण गरिएको विभिन्न स्थानहरुमा निर्देशन गर्दै आएका छन्। चिनियाँ जन मुक्ति सेना र सशस्त्र प्रहरीका एक हजार पाँच सय जना जवानहरुले उन्नाईस वटा वितरण केन्द्रमा यी उद्धारक माल-सामानलाई उतार्ने र ओराल्ने काम गरेकाले वितरण छिटो हुँदै आएको देखिन्छ।त्यसका साथ साथै उनीहरुले पनि वितरण केन्द्रको नियम पालन गर्दै आएका छन्। यी कदमहरुले उद्धारक माल-सामानको वितरण गर्ने क्रममा खुलापन,समानता र न्यायोचित्तताको प्रत्याभूति गर्दै आएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह