फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनव्दारा भूकम्प प्रतिरोध र उद्धार कार्यमा प्रारम्भिक सफलता प्राप्त गरिएकोमा उत्तर कोरियाको प्रशंसा

(GMT+08:00) 2010-04-24 12:35:12
                  आज चौबीस तारिखका दिन प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको " रोदोङ्ग सिन्मुन" पत्रले पैचिङ्गस्थित आफ्नै पत्रकारबाट लेखिएको एउटा लेख प्रकाशित गरी चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले भ्याएसम्मको शक्ति केन्द्रीत गरी चीनको छिङ्ग हाइको यु शुमा गएको भूकम्पको प्रतिरोध र उद्धार कार्यमा प्रारम्भिक सफलता प्राप्त गरिसकेको बताएको छ।

                   उक्त लेखमा, यु शुमा भूकम्प गएपछि चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका नेतागणले सीधै प्रकोप प्रभावित क्षेत्र गएर त्यहाँको अवस्थाबारे जानकारी लिनुका साथै प्रकोपमा परेकाहरुलाई हार्दिक सान्त्वना व्यक्त गर्दै उद्धार कार्यमाथि निर्देशन गर्नुभएको जनाएको छ ।

                  उक्त लेखमा, भयङ्कर प्रकोपको अगाडि सामाजिक चन्दा रकम प्रदान गर्दै आएको र चीनभरिका विभिन्न क्षेत्रबाट आएका र आइरहेका उद्धारकहरुले त्यहाँका बासिन्दाहरुसित मिलेर भ्याएसम्मको प्रयत्न गर्दै आएको कुरा पनि उल्लेख गरेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह