फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्ग हाइ विश्व एक्स्पोबाट जीवनलाई आनन्दित् पारिने

(GMT+08:00) 2010-04-30 20:01:03
              आज अप्रिल तीस तारिख विश्वको ध्यान तानिने शाङ हाई विश्व एक्स्पोको पर्दा व्हाँग फु नदीको दुवै किनारामा आतीशबाजीका साथ खुल्ने भएको छ। आगामी छ महिनामा दुई सय छयालीस वटा मुलुक र क्षेत्रले वैज्ञानिक तथा प्राविधिक र साँस्कृतिक समारोह देखाउनेछन् र शहरी जीवनलाई आनन्दित पारिने मुख्य विषयलाई पनि देखाउनेछन्। पाँच दशमलब दुई आठ वर्ग किलोमिटरमा रहेको एक्स्पो क्षेत्रमा विश्वका सबैभन्दा पछिल्ला सभ्यताको उपलब्धि देख्न पाइने मात्रै नभई विभिन्न मुलुकका सँस्कृति र भविष्यका असल जीवनसम्बन्धी मानवजातिका आशाबारे पनि देख्न पाइनेछ।

             एक शताब्दीदेखि यता विश्व एक्स्पो युरोप, उत्तर अमेरिका र एशियामा आयोजना भएर "आबिश्कार" को विचारमा रहिरहेको छ। त्यसैगरी सन् 1887 मा फ्रान्सेली प्यारिस एक्स्पोमा बेलले बनाएको फोन र एडिसनले बनाएको ग्रामोफोन प्रदर्शनी भएका थिए, सन् 1939 मा अमेरिकी न्युयोर्क एक्स्पोमा टेलिभिजन, रोबोट प्रदर्शनी भएका थिए र सन् 2005 जापानी आइचि एक्स्पोमा तीब्र गतिको हलुका रेल र वातावरण मैत्री बस प्रदशर्न भएका थिए आदि। साथै त्यसबाट मानवजातिको जीवन-शैलीमा पनि ठूलो परिवर्तन भएको छ।

           हाल विश्वका आधाभन्दा बढी मानिस शहरमा बसेका छन्। तर त्यसका साथै शहरी नागरिकसमक्ष मौकाका साथ चुनौति पनि देखिन्छ। त्यसैले भविष्यमा शहरको विकासबारे दत्ततिच भएर विचार लिने र आनन्द शहरी जीवनका साँचै विषयबारे विचार लिने मानवजातिसमक्ष देखापरेका ठूला विषय भएका छन्। शाङ्ग हाइ विश्व एक्स्पोको मुख्य विषयबाट वर्तमान विशेषता देखिनुका साथै विभिन्न सहभागीलाई आबिश्कारको प्लेटफर्म पनि दिइएको छ। गुलाबी रेशमकीरा टापु नामक जापानी मण्डपमा तपाईँहरुले कृत्रिम श्वास-प्रश्वास गर्न सक्ने साधन निर्माण, भायोलिन खेल्न आउने रोबोट, शून्य कार्बन निश्काषन हुने शहर हेर्न पाउनुहुनेछ। हेम्बर्क घर नामक जर्मन मण्डपमा वातानूकुलितबाहेक सधैँ नै पच्चीस डिग्रीमा रहेको हाउस हेर्न पाउनु हुनेछ। अमेरिकी मण्डपको शहरी खेत मैदानमा शहरी किसानको अनुभव गर्न पाउनु हुनेछ। त्यति वर्तमान समाजबीच घनिष्ठ सम्बन्ध रहेको सभ्यताको उपलब्धिबाट भविष्यमा मानवजातिको जीवनस्तरलाई अवश्य नै माथि उकासिनेछ।

             एक्स्पो सभ्यताको उपलब्धि र देशको क्षमताको प्रदर्शनी मात्रै होइन, विभिन्न सँस्कृतिबीचको आदान-प्रदान र मिल्ने महत्वपूर्ण प्लेटफर्म पनि हो। शाङ्ग हाइ विश्व एक्स्पो पनि यस्तै छ। डेन्मार्कले सानो मर्मेइडको मूर्ति लिएको छ, फ्रान्सले प्रभाववाद चित्र र रोडिनको मूर्ति लिएको छ, भारतले बलिवुडका सुपर-स्टारलाई निमन्त्रणा गरेको छ, क्यानडाले पनि सर्वोच्चस्तरीय सर्कस ल्याएको छ। संयोजकका रुपमा रहेको चीनले धेरै राष्ट्रिय पूरातात्वीक वस्तुको प्रदर्शनी गरेर पाँच हजार वर्षको चिनियाँ सभ्यता देखाएको छ। साथै विभिन्न विशेषता भएको मण्डपको डिजाइन र प्रतिदिन एक सयभन्दा बढी कार्यक्रमबाट विश्वका बहुसँस्कृति यहाँ संगलन भएका छन्।

             विशाल तथा व्यापक एक्स्पोको आयोजना भएको पहिलो मुलुकमा रहेको चीनले आठ वर्षसम्म तयारी गरेको छ। शाङ्ग हाइ विश्व एक्स्पो तयारी अवधिको अन्तिम समयमा विश्वभरि बैँकिङ्क संकट थियो। तर लगभग सबै सहभागीहरुले अझै भाग लिन आएका छन्। भविष्यमा असल जीवनबारे मानवजातिको आशा रहेको र मानवजातिबीच साझा विकाससम्बन्धी भव्य समारोह भएको उक्त कारणमा रहेको छ। शाङ्ग हाइ विश्व एक्स्पोको अवधिमा अफ्रिकी मुलुकहरुले पहिलो पटक सामूहिक रुपमा संयुक्त मण्डपमा प्रदर्शनी गर्नेछन्। विभिन्न मुलुकका मानिसले शाङ्ग हाइ विश्व एक्स्पो आएर सँगै मिलेर भविष्य बनाउनेछन्।

            एक्स्पोबारे भूतपूर्व अमेरिकी राष्ट्रपति विलियम मेककिन्लिको एक भनाइ छ: हरेक विश्व एक्स्पोबाट, ठूलो परिमाण वा सानो परिमाणको, मानवजातिको विकासलाई नयाँ स्तरमा उकासिएको छ। डेढ शताब्दिसम्मको विकास अवधिबाट उक्त भनाइ प्रमाणित भएको देखिन्छ। आज एक्स्पो पहिलो पटक विकासोन्मुख मुलुकमा आएको अर्थात पहिलो पटक चीनमा आएकोमा पनि धेरै अपेक्षा रहेका छन्। यस एक्स्पोमा विभिन्न सभ्यता उपलब्धि र विकसित शहरी विकाससम्बन्धी विचार देखाइने मात्र नभई आपसी सम्झना र आदान-प्रदान बढाएर विश्व र मानवजातिको जीवन अझ आनन्दित् हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह