फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाइ विश्व एक्स्पो 2010 को उद्धाटन

(GMT+08:00) 2010-04-30 21:39:38

              शाङ्गहाइ विश्व एक्स्पो 2010 आज राती शाङ्गहाइ विश्व एक्सपो संस्कृति केन्द्रमा उद्धाटन भएको छ। चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले यस एक्सपोको उद्धाटन भएको घोषणा गर्नुभएको छ। आठ वर्षसम्मको अनवरत तयारीपछि शाङ्गहाइ विश्व एक्सपोले विश्वका विभिन्न मुलुकबाट आउने अतिथिहरुको औपचारिक स्वागत गरेको प्रतीक हो।

              उद्धाटन समारोहमा चीनका प्रधानमन्त्री एवम् शाङ्गहाइ विश्व एक्स्पो संयोजन समितिका सदस्य वाङ छि शानले विश्वका दुई सय छयालीस वटा मुलुक, अन्तर्राष्ट्रिय सङ्गठनहरु एवम् चिनियाँ तथा विदेशी व्यवसायहरुको सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।

             अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोका अध्यक्ष जीन पिएर लाफोनले सम्बोधन गर्दै यस पटकको विश्व एक्स्पोले  मानिसहरुमाझ बोध उठाएर अझ न्यायोचित, सुरक्षित तथा मेलमिलापयुक्त शहरको निर्माण गर्न प्रयास गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

             चीनका राष्ट्राध्यक्ष हु चिन थाऊको घोषणापछि विश्वका विभिन्न मुलुक तथा क्षेत्रबाट आएका कलाकारहरु तथा प्रदर्शन समूहले आकर्षक प्रदर्शन गरेका छन्।

             रमणीय शहर-रमणीय जीवन नै यस पटकको विश्व एक्सपोको मूल शीर्षक रहेको बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह